अर्घाखाँचीमा पर्यटन प्रबर्द्धनको बलियो संभावना (फोटो फिचर)

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची मंसिर २९ (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा पर्यटन प्रबर्द्धनको बलियो संभावना रहेको भन्दै प्रदेशसभाका सदस्यहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रदेश अर्थ,उद्योग तथा पर्यटन संसदीय समितिका सदस्यहरुले सुपादेउराली,पाणिनि तपोभुमि,अर्घाभगवती मन्दिर ,खाँचिकोट दरबार , नृसिंह स्थान लगायतका जिल्लाका एक दर्जन बढी ऐतिहासिक ,धार्मिक तथा प्राकृतिक सौन्दर्यले रमणीय स्थलहरु जिल्लाक‍ो पर्यटन प्रबर्द्धनको निम्ति बलियो आधार भएको बताए ।
उनिहरुले पर्यटकीय स्थलमा पुर्वाधार तयार गरि उचित प्रचार प्रशार गर्न सकेमा अर्घाखाँची बलियो पर्यटन गन्तव्य बन्न सक्नेमा जोड दिए । प्रदेश बाट संचालित बिकास निर्माणको कामको अनुगमन गर्न आएको प्रदेश सभा सदस्य तुलाराम घर्ती मगर बसन्त नेतृत्वको संसदीय अनुगमन टोलीले प्रदेश बाट जिल्लामा संचालित आयोजना हरुको शुष्म रुपले अनुगमन गरेको छ ।
अनुगमनको क्रममा विभिन्न ठाउँमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभाका सदस्य तुलाराम घर्ती मगर बसन्तले अर्घाखाँची जिल्लाको बिकास बाट आफु प्रभाबित भएको बताउनुभयो । उहाँले छोंटो समयमा पनि जिल्लाले बिकासमा ठुलो फड्को मारेको भन्दै जिल्लाका नेताहरूको खुलेर प्रसंसा गर्नुभयो । अर्घाखाँची र पाल्पा जिल्लाका संभावना र चुनौती एकै किसिमका भएको भन्दै उहाँले दुबै जिल्लाले सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले कृषि ,पर्यटन र उद्योगको माध्यम बाट जिल्ला लाई समृद्ध पार्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य थामकुमारी थापाले जिल्लामा संचालित आयोजनामा शन्तोष जनक काम भएको पाईएक‍ो बताउनुभयो । सरकारी रकमको सहिरुपमा सदुपयोग भए नभएको स्वयं जनताले नै नीग्रानी गर्नुपर्नेमा उहाँको जोड थियो ।
अनुगमन समिति सँग स्थानीय बासिन्दाले अर्घाखाँची लाई पर्यटन गन्तव्य बनाउन प्रदेश सरकारले बिशेष ध्यान दिनुपर्ने बताए ।

अन्य समाचारहरु