नविन के.सी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–७ अड्गुरी शिवमदन मावि प्राविधिक विद्यालयलाई पनि गत वर्ष कृषि निर्देशनालयले ३६ लाख ६६ हजार अनुदान दियो । विद्यालयले २१ लाख सात हजार कृषि औजार खरिद, तथा लाइब्रेरी, ल्याब र कार्यालय व्यवस्थापनमा खर्च गरेको छ । तर, विद्यार्थीलाई प्रयोगात्मक गर्ने बारी नै उपयुक्त छैन । भिरालो रूखो जग्गामा सागका केही बिरुवा मात्रै देखिन्छन् । ‘भिरालो र रूखो बारीमा उत्पादन नै हुँदैन,’ विद्यार्थी अन्जना केसीले भनिन्, ‘कृषि सामग्री पाए पनि खेतबारी गतिलो नभएकाले समस्या छ ।’ अनुदान रकमका दुई टनेल पनि पूरा भएका छैनन् । प्रधानाध्यापक राजेन्द्र पौडेल भीरलाई कान्ला बनाएको र दसैँ–तिहारको बिदाका कारण अहिले उत्पादन नदेखिएको दाबी गर्छन् । विद्यालयले अनुदानको १५ लाख ५९ हजार भने खर्च गर्न नसकेर फ्रिज भएको छ ।
शीतगंगा नगरपालिका–१० सिद्धाराका किसान यमलाल आचार्यले पनि प्रदेश सरकारबाट ३७ लाख कृषि अनुदान पाए । त्यसमध्ये २५ लाख कागती खेतीका लागि लिएका थिए । तर, २५ लाख खर्च गरेको भनिएको आचार्यको फार्ममा कागतीका बुटा भेट्न सिलो नै खोज्नुपर्छ ।
आचार्यको कागती फार्म अनुगमनमा पुगेका प्रदेशसभा कृषि, वन तथा वातावरण समिति सदस्य कमल श्रेष्ठ भन्छन्, ‘कागतीका बोट देख्न आँखा गाडेरै खोज्नुप¥यो, एकाध मात्रै भेटियो । अनुदानको रकम सकाउन झारा टारेको मात्रै देखिन्छ । सरकारले गरेको लगानीको प्रतिफल आउने अवस्था नै छैन,’ आचार्यले कागती रोप्न भाडामा लिएको जग्गाको ५० प्रतिशत रकम पनि प्रदेश सरकारले नै व्यहोरेको सदस्य श्रेष्ठले बताए । आचार्यले अन्य सात लाख अनुदान भने मौरी, नर्सरी र बाख्रापालनमा खर्च गरेका छन् ।
छत्रदेव गाउँपालिका–३ को हिमालयन बल्कोट कृषि तथा पशु फर्मले गत वर्ष प्रदेश सरकारबाट १० लाख अनुदान पायो । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतक ०७५/७६ मै ६ लाख ३० हजार अनुदानसमेत पायो । तर, फर्म सञ्चालक विष्णु भुसालले पाँचवटा टनेलमा उत्पादन गरेको गोलभेडाको दृश्यले सरकारी लगानीलाई गिज्याउँछ । उनले चारवटा सेमी हाइटेक र एउटा हाइटेक टनेल बनाएका छन् । तर, टनेलमा गरेको गोलभेडा खेती सामान्य खर्चमा करेसाबारीमा लगाएजस्तो मात्रै छ । एउटा टनेलमा मुस्किलले १०–१५ बोट मात्रै छन् । यसअघि प्रदेश समितिले पनि उनको टनेल अनुगमन गर्दै अनुदान रकम व्यापक दुरुपयोग भएको प्रतिवेदन तयार गरेको थियो । तर, भुसाल भने चिसोले गोलभेडा राम्रो नफलेको जवाफ दिन्छन् ।
‘मेरो टनेलमा हेर्नुस्, गोलभेडा फलिरहेको छ । चिसोले गर्दा अपेक्षाअनुसार उत्पादन हुन नसकेको मात्रै हो, तर निरन्तर प्रयासमा छु,’ भुसालले भने, ‘अनुगमन आउँदा पनि मैले गोलभेडा रोप्न टनेल तयार गरेर राखेको थिएँ । तर, रातिमा आएर आफूअनुकूलको प्रतिवेदन बनाउनु भएछ ।’
पाणिनी गाउँपालिका–७ शिवमदन मावि प्राविधिक विद्यालयलाई पनि गत वर्ष कृषि निर्देशनालयले ३६ लाख ६६ हजार अनुदान दियो । विद्यालयले २१ लाख सात हजार कृषि औजार खरिद, तथा लाइब्रेरी, ल्याब र कार्यालय व्यवस्थापनमा खर्च गरेको छ । तर, विद्यार्थीलाई प्रयोगात्मक गर्ने बारी नै उपयुक्त छैन । भिरालो रूखो जग्गामा सागका केही बिरुवा मात्रै देखिन्छन् । ‘भिरालो र रूखो बारीमा उत्पादन नै हुँदैन,’ विद्यार्थी अन्जना केसीले भनिन्, ‘कृषि सामग्री पाए पनि खेतबारी गतिलो नभएकाले समस्या छ ।’ अनुदान रकमका दुई टनेल पनि पूरा भएका छैनन् । प्रधानाध्यापक राजेन्द्र पौडेल भीरलाई कान्ला बनाएको र दसैँ–तिहारको बिदाका कारण अहिले उत्पादन नदेखिएको दाबी गर्छन् । विद्यालयले अनुदानको १५ लाख ५९ हजार भने खर्च गर्न नसकेर फ्रिज भएको छ ।