गोखुङ्गामा अखिल छैठौंको प्रशिक्षण भेला सम्पन्न

गोपाल भट्टराई 
गोखुङ्गा, मंसिर ३० अर्घाखाँची – आसन्न पौषको पहिलो हप्ता सन्धिखर्कमा हुने जिल्ला सम्मेलनको तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले आइतबार सुर्य मा.वि. गोखुङ्गा र भुमेदह मा.वि.गोखुङ्गा अर्घाखाँचीमा प्रशिक्षण भेला सम्पन्न गरेको छ ।
भेलामा अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवर र जिल्ला अध्यक्ष सन्देश खनालले सामाजिक कु–प्रथा र अन्धबिश्वासले पारेको असर,लागुऔषध दुव्र्यसनी,बलत्कार,हत्या तथा लैङ्गिक हिंसा बिरुद्ध सचेतना मुलक प्रशिक्षण दिंदै सामाजिक बिकृति र कुलतका बिरुद्ध युवा बिद्यार्थीहरुले जागरण अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
भेलाले सरोज खनालको अध्यक्षतामा ३१ सदस्यिय अखिल छैठौं सुर्य मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा सिर्जना खनाल,सचिव शिशिर खनाल,सह–सचिव आशा खनाल र कोषाध्यक्षमा अनुस्का पौडेल निर्बाचित हुनुभएको छ ।
यस्तै कुशल पन्थीको अध्यक्षतामा २१ सदस्यिय अखिल छैठौं भुमेदह मा.वि. इकाइ समितिको पनि आजै गठन गरेको अभियानको टोलीले जनाएको छ । जसको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमश ः हिमाल पाण्डे,माधव पन्थी,आकृती खनाल र एलिना खनाल चयन हुनुभएको छ । अखिल छैठौंले यहि पौष ४ र ५ गते सन्धिखर्कमा २५ औं जिल्ला सम्मेलन तथा फागुन २७ देखी चैत्र १ गते सम्म काठमाडौंमा ५ दिने संघियता बिरुद्ध बिद्यार्थी मार्चको आयोजना गरेको छैठौं अर्घाखाँचीले जानकारी दिएको छ ।

अन्य समाचारहरु