(प्रकासित मिती: २०७६ मसिर ३०, सोमवार)
नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँची को १०औं जिल्ला सभाको उदघाटन सत्र सन्धीखर्क मा सम्पन्न भएको छ। सन्धीखर्क नगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसाल को प्रमुख आतिथ्यतामा सम्पन्न सभामा सन्धीखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक ,मालारानी गाउँ पालिकाकी उपाध्यक्ष प्रमिला क्षेत्री ,निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे ,सनपा २ का वडा अध्यक्ष मोतीजङ रायमाझी ३ का वडा अध्यक्ष लिलाराम गौतम, ५ का वडा अध्यक्ष राजेन्द्र भुसाल १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली १ का कार्यबाहक अध्यक्ष लक्ष्मण पराजुली लगायतको उपस्थिति रहेको कार्यक्रम मा शुभकामना मन्तव्य राख्ने प्रमुख अतिथी लगायत अन्य अतिथी हरुले मुख्य गरि क्यान्सर रोग का कारण धेरै ले ज्यान गुमाउनु परेको भन्दै क्यान्सर रोग र यस्का रोगथाम का लागि सचेतना का कार्यक्रम हरु अघि बढाउनु पर्ने भन्दै यस्ता घाटक रोग हरुका विरुद्ध लडनको लागी सामुहिक कोष बनाइ त्यस्ता खाले बिरामी हरुका लागी उपचारमा सहयोग पुर्याउन सबैले हाते मालो गर्नु पर्ने बताएका थिए सेबा नै धर्म हो भन्ने उदेश्यले २०५८ सालमा स्थापना गरिएको यो संस्था ले आज अर्घाखाँचीमा आफ्नो १०औ जिल्ला सभा गर्दै छ।
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । क्यान्सर रोगका कारण धेरै ले ज्यान गुमाउनु परेको भन्दै रोगथाम का लागि सचेतना कार्यक्रम हरु अघि बढाउनु बताईएको छ।
नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँचीको १०औं जिल्ला सभाको उद्घाटन सत्रमा बोल्दै सन्धिखर्क नगरपालिका का नगर प्रमुख कमल प्रसाद भुसाल यस्ता घातक रोग हरुका विरुद्ध लडनको लागी सामुहिक कोष बनाइ त्यस्ता खाले बिरामी हरुका लागी उपचारमा सहयोग पुर्याउन सबैले हाते मालो गर्नु पर्ने बताए।उनले सबैभन्दा बढी रोगथामको लागी सचेतना नै भएको बताए।
उदघाटनमा सन्धीखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक ,मालारानी गाउँ पालिकाकी उपाध्यक्ष प्रमिला क्षेत्री ,निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासे ,सनपा २ का वडा अध्यक्ष मोतीजङ रायमाझी ३ का वडा अध्यक्ष लिलाराम गौतम, ५ का वडा अध्यक्ष राजेन्द्र भुसाल १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली १ का कार्यबाहक अध्यक्ष लक्ष्मण पराजुलीले बोलेका थिए ।
सभाले नारायण प्रसाद पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ। समितिको बरिस्ठ उपाध्यक्ष दोण प्रसाद भुसाल उपाध्यक्ष राजेन्द्र भुसाल सचिव कुशल भुसाल, कोषाध्यक्ष श्री कृष्ण भुसाल सहसचिव सहयोगी बिसि र सदस्य हरुमा क्रमश लिलाराम गौतम ,कृष्ण प्रसाद बन्जाडे,नेत्र प्रसाद भुसाल ,शान्ता खत्री ,बिजुला रायमाझी ,लक्ष्मण पोख्रेल ,शारदा रायमाझी ,यज्ञ पराजुली र चुरामिण भुसाल रहेका छन ।