(प्रकासित मिती: २०७६ मसिर ३०, सोमवार)
सागर महत
छत्रदेव । छत्रदेव गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको छ ।
गाउँसभा अर्थात हिउँदे अधिवेशनले गत आर्थिक वर्ष २०७५–२०७६ को आषढ मसान्तमा बचत हुन आएको उनान्नब्बे लाख दुई हजार पाँच सय अड्तीस रुपैयाँ बजेट गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले पस्तुत गर्दै यो रकम बाट १६ओटा योजना छनोट भएको बताउनु भएको छ ।
कार्यक्रम यि योजना बाहेक केही पाँच वटा योजना छुटेको भन्दै विधेक समितिक पाँच जना सदस्य धारणा राखेका थिए ।ति धारणा लाइ सम्बोधन गदै आगामी कार्यक्रममा समावेश गर्ने पोख्रेलले बताउनु भएको छ ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तुल्सा देवी श्रेष्ठ,आठ वटा वडा का वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य लगायतको उपस्थित रहेको थियो।कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको संचालनमा सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिकाले कर्मचारी बिच संचालन गरेको खेलकुदमा समावेस बिजेता खेलाडी कर्मचारी लाइ सम्मान गरेको छ ।