सन्धिखर्कमा कांग्रेस निकट मुस्लिम संघ जिल्ला कार्य समिती अर्घाखाँचीको नयाँ नेतृत्व चयन

(प्रकासित मिती: २०७६ म‌सिर ३०, सोमवार) 
प्रेम नारायण आचार्य
 सन्धिखर्क ।  नेपाल मुस्लिम संघ जिल्ला कार्य समितीले नयाँ नेतृत्व पाएको छ । बिपी स्मृती भवन सन्धिखर्कमा भएको तेस्रो अधिवेशनबाट रोज महम्मद मियाँको अध्यक्षतामा १६ सदस्सिय कार्य समितिको निर्वाचित गरेको हो ।
जस्को उपाध्यक्ष गफार मिया, सचिव खबर महमद अन्सारी, कोषाध्यक्ष उजेली मिया, सह कोषाध्यक्ष रोजे मिया र सहसचिव इस्माइल अलि रहेका छन । सदस्यहरुमा वोहित अलि, मकबुल मिया, सम्सेर मिया, जुठे मिया, अलाउदिन मिया, जुल्करीम मिया, बसरत मिया, हसीना खातुन, कुटमदिन मिया र क्यामुदीन मिया रहेका छन । यस्तै अध्यक्षका प्रत्यासी अमिर हाम्जा केन्द्रिय महाधिवेशन प्रतिनिधी र गनी महम्मद नेपाली कांग्रेस जिल्ला कार्य समितीको आमन्त्रित सदस्यमा मनोनित हुनुभएको छ । यस्तै नुर महम्मद अलीलाई पनी सर्वसहमत केन्द्रिय महाधिवेशन प्रतिनिधी चुनिएको छ ।
सल्लाहकार सििमतमा मुस्ताक अलि, इन्सु मिया, संसुदिन मिया, वसीर मिया र अहमद हुसेन रहेको निर्वाचन मण्डलका संयोजक कृष्ण प्रसाद खनालले बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कान उपसभापति शान्ता भण्डारी लगायतले मन्तब्य राखेका थिए ।

अन्य समाचारहरु