डिभर्नामा गर्भवती र सुत्केरीलाई पोषिलो खाना वितरण

(प्रकासित मिती: २०७६ म‌सिर ३०, सोमवार) 
प्रेम नारायण आचार्य
डिभर्ना । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १२ का गर्भवती र सुत्केरीलाई पोषिलो खाना वितरण गरिएको छ ।
गर्भ परिक्षण गरेका आधारमा पोषण सामाग्री वितरण गरिएको हो । पहिलो पटक गर्भ जाँच गर्नेलाई अण्डा र हरियो झण्डा, दोस्रो र तेस्रो पटक जाचँ गर्नेलाई एक क्यारेट अण्डा, १÷१ किलो चना र केराउ वितरण गरिएको छ ।
पोषण वितरण गर्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल भुसालले मानिसको सवैभन्दा महत्वपुर्ण क्षेत्र स्वास्थ्य भएकाले नगरपालिकाले विशेष खालको योजना बनाएर अगाडी बढेको बताए । वडामा रहेका सबै गर्भ चेक गराएका महिला, सुत्केरी महिलालाई पोषण सामाग्री वडाले वितरण गर्नेछ ।
कार्यक्रममा उपप्रमुख ठाकुर विक, प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली, सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण पौडेल, वडा सदस्य वावुराम बस्याल, हिमकला टमाटा, पत्रकार प्रेमनारायण आचार्य, मुक्तिनाथ भुसाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता, सचिव अन्नतमणि पोख्रेलको सञ्चालन र वडा सदस्य नारायण बस्यालको स्वागतमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु