श्याम घिमिरे
पकले, पौष १ अर्घाखाँची – पिसाबलाई हिसाबमा रूपान्तरण गरौ भन्ने मुलनारा सहित बायोचार र मानव मलमुत्र संकलन तथा प्रयोग सम्बन्धि ३ दिने तालिमको सोमबार समापन भएको छ । सन्धिखर्क नगरपालीका ८ किमडाँडाको पकलेमा रहेको जनता कृष्ण माबिमा सनिवारबाट सुरू भएको तालिममा स्थानीय कृषक,बिद्यालयका बिद्यार्थी र शिक्षक गरी करीब ८० जनाको सहभागीता रहेको थियो ।
तालिममा मानबको पिसाब संकलन र प्रयोग सम्बन्धी प्रयोगात्मक कक्षा र बायोचारका लागि आबश्यक बनस्पतिजन्य पदार्थ संकलन कार्य समेत गरीएको हो ।
मानब पिसाबलाई ब्यबस्थीत रुपमा प्रयोग गर्दा उत्पादनमा ब्यापक बृद्धि हुने र जैबिक अंगार अर्थात बायोचार प्रयोगगर्दा माटोमा जैबिकता बृद्धि भई प्राङ्गरीक मलको क्षमता बढ्ने भएकोले माटोले पानी सोस्ने क्षमता ६ गुणा बृद्धि हुने प्रशिक्षहरुको भनाई रहेको छ । तालीमकोे सहजीकरण श्रीरेन्द्र प्रकाश पोख्रेल,सन्धिखर्क नगरपालीका कृषि प्रमुख राजेन्द्र भट्टराई र जनता कृष्ण माबिका शिक्षक जनक बस्यालले गर्नुभएको थियो ।
यस अघि सनिबार एक कार्यक्रमका बिच सनपा उपप्रमुख ठाकुर कुमार बिकले तालीमको उद्घाटन गर्नुभएको शिक्षक जनक बस्यालले जानकारी दिनुभयो ।