सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत गर्न मेयर देखि अर्घाखाँचीका नेताहरुको लहर (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेताहरु फुर्सदमा छन्। उनिहरु चिया पसल उद्घाटन देखि स्कुल, क्याम्पसमा भर्ना हुन आउने नयाँ विधार्थीहरुलाई स्वागत गर्न पुगेका देखिन्छन् । 
स्वतन्त्र विद्यार्थी यूनियन पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीले आयाेजित पाणिनी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई स्वागत कार्यक्रममा लहर नै लागेर गएका थिए । 
भर्ना भएर नयाँ आएका विधार्थीहरुलाई आयोजना गरिएको स्वागत कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ववल, प्रदेश सभा सदस्य रामजी घिमिरे, जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसाल, काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कान, सञ्चालक समितीका उपाध्यक्ष तथा जनमोर्चाका नेता सागर केसी, उद्योग वाणिज्य संघ एवम चेम्बर अफ कमर्शका अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । 
यस्तै कार्यक्रममा पुर्व क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री, पुर्व स्ववियु सभापति प्रेम गैरे, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायत पुगेका थिए । 

अन्य समाचारहरु