दीपक भूसाल
अर्घाखाँची डटकम् / काठमाण्डौ व्युरो । मोटरसाइकिल दुर्घटनामा खुट्टा गुमाएका अर्घाखाँची खाँचीकोट निवासी गंगा सागर खड्कालाई पत्रकार दीपक भुसाल र अर्जुन भूसाल मार्फ़त काठमाण्डू स्थित टर्मा सेन्टरमा १३ हजार रुपैया हस्तान्तरण भएको छ ।
अर्घाखाँची सन्धिखर्क ७ खाँचीकोट निवासी चिरन खड्का मार्फ़त संकलित रक़म अर्घाखाँची डटकम् परराष्ट्र मामिला प्रमुख डिआरजी सुमनको संयोजकत्वमा तीन जना पिडीत लाई हस्तान्तरण भएको छ । अर्घाखाँची पाणिनी गाँउ पालिका ६ ठुलापात्ला निवासी दुवै मृगौला पिडीत १२ वर्षीय वीर वहादुर नेपालीलाई डटकम कै व्युरो प्रमुख डिआरजी सुमन पत्रकार दिनेश गैरेको नेतृत्वमा पिडितको घरमै पुगी सहयोग हस्तान्तरण भएको थियो । भूमिकास्थान नगरपालिका ७ नुवाकोट निवासी मुटुरोगले ग्रस्त पुस्पा विकलाई शहीद गंगालाल मुटुरोग केन्द्रमै पुगी अर्घाखाँची डटकम काठमाण्डौ व्युरो दीपक भुसाल र वरिष्ठ पत्रकार अर्जुन भुसाल मार्फ़त हस्तान्तरण भई सकेको छ ।
विदेशमा रहेता पनि जिल्लामा विभिन्न समस्या परेका विरामीको उद्धारमा थोरैभएपनि राहत उपलव्ध गराउन सकेको खण्डमा पिडितले उपचार पाउने आशा गरी खड्का ले आफ्नै पहलमा रकम संकलन गरी डटकम परराष्ट्र मामिला प्रमुख डिआरजी सुमनसँग समन्वय गरी हस्तान्तरण गराउनु भएको छ । अर्घाखाची जिल्लाको पत्रकारितामा वेग्लै पहिचान वनाउन सफल स्वतन्त्र पत्रकार डिआरजीको विदेशमा रहने नेपालीहरुसँग पनि राम्रो सम्बन्ध रहेको छ ।
दुर्गम वस्ती र आकस्मिक विरामीहरुको घरघरमा पुगी पिडितको आवाज़ सार्वजनिक गर्दै सहयोगी वन्न सफल डिआरजी सुमन शहर भन्दा गाँउमा रहदै पत्रकारिता गर्ने भएको र सामाजिक सेवामा क्रियाशील पत्रकार र पारदर्शितामा आधारित पत्रकार भएको कारण हामी डिआरजी मार्फत सामाजिक कार्यमा सहकार्य गर्न चाहेका हौ भूमिकास्थान ७ पाँनडाडा निवासी राकेश रायमाझीको धारण छ ।
तस्वीर दीपक भुसाल/अर्घाखाची डटकम्