अर्घाखाँचीमा मसाल निकट अखिल छैठौंको २५ औं जिल्ला सम्मेलन भोलीबाट हुँदै

Image result for अर्घाखाँची अखिल छैठौं

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) पुष ३ । देशमा आमुल परिवर्तन भई सक्दा समेत शिक्षा क्षेत्र र बिद्यार्थीका समस्या जस्ताको तस्तै रहनु दुःखद भएको नेकपा मसाल निकट अखिल छैठौंका नेताहरुले बताएका छन् । मुलुकमा दिन प्रतिदिन बलत्कार,लैङ्गिक हिंसा,चोरी जस्ता अपराधिक गतिबिधि हुनुमा बेरोजगारीले पनि साथ दिएको भन्दै उनिहरुले यसको निराकरणको निम्ती देशको बुर्जुवा शिक्षा प्रणालीलाई परिमार्जन गरि ब्यबहारिक र बैज्ञानिक शिक्षा लागु गर्नुपर्नेमा जोड दिएका छन् ।
यहि पुष ४ र ५ गते जिल्ला सदरमुकाम सन्धिखर्कमा हुन लागिरहेको अखिल छैठौंको २५ औं जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा बुधबार विभिन्न विद्यालयमा सम्पन्न भएका प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् । अखिल छैठौंका जिल्ला अध्यक्ष सन्देश खनाल,उपाध्यक्ष पुरन नेपाली,सचिवालय सदस्य हिम्मत खनाल लगायतको सहजीकरणमा सम्पन्न भएका कार्यक्रममा अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवर,महासचिव महेश जोशी र सचिव गोपाल प्रसाद भट्टराईले मन्त्व्य राख्दै संघियताको खारेजी नभए सम्म नयां संविधान पूर्ण कार्यान्वयन गर्न कठिन हुने र देशले समृद्धि हांसिल गर्न नसक्ने समेत दाबी गर्नुभएको छ ।
अखिल छैठौं अर्घाखाँचीले आयोजना गरेको बिशेष भेलाले अर्घाखाँची शिक्षा क्याम्पस चुत्रोवसीमा माया खनालको अध्यक्षतामा २५ सदस्यिय मुल इकाइ समिति,जनज्योति मा.वि. चुत्रोवसीमा नविन बन्जाडेको अध्यक्षतामा ३१ सदस्यिय मुल इकाइ समिति, जनप्रिय मा.वि.असुरकोटमा कोपिला घर्तिको अध्यक्षतामा १५ सदस्यिय मुल इकाइ समितिको गठन गरेको जानकारी दिएको छ । यस्तै अर्घा रजस्थल मा.वि अर्घामा रिया थापाको अध्यक्षतामा ३५ सदस्यिय र शान्ति मा.वि.खिल्जीमा ललित सुनारको अध्यक्षतामा ११ सदस्यिय मुल इकाइ समितिको गठन गरेको छैठौका जिल्ला अध्यक्ष सन्देश खनालले जानकारी दिनुभएको छ । सम्मेलन उद्घाटनको समय नजिकिंदै जांदा छैठौंले आफ्ना गतिविधिलाई पनि तिब्र पारेको खबरमा उल्लेख छ । 

अन्य समाचारहरु