श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची पौष ४ – राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका स्थानहरु भारतीय नक्सामा समावेश गरिएकोमा बिरोध जनाउँदै सुक्रबार साँझ अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा मसाल जुलुस सहीत विरोेध प्रदर्शन गरेको छ । राजमोले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दे विरोध प्रर्दशन गरेको हो ।
भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरे संगै नयाँ नक्सामा नेपालको झण्डै ३ सय ७२ किलोमिटरभन्दा धेरै जमिन समावेश गरेको छ । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भारतको नयाँ नक्सामा समेटिएपछि नेपालका विभिन्न राजनीतिक पार्टीहरुले विरोध जनाउँदै आइरहेका छन् । यसकै विरोधमा नेकपा मसालको जनबर्गिय संगठन राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मसाल जुलुस निकालेको हो ।

जुलुसमा राजमोले ‘भारतीय साम्राज्यबाद मुर्दावाद , कालापानी हाम्रै हो, सीमा मिच्न पाइँदैन’ संघियता खारेज गर जस्ता नारा लगाउँदै विरोध जनाएका थिए । विरोध पछि आयोजित कोणसभामा मनतब्य राख्दै अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिव कृष्ण केसी भारतको हेपाहा प्रवृत्ती नेपाली जनताले सहन नसकिने भन्दै केसीले भारतको कदम बिरुद्ध सरकारले कुटनितिक रुपमा पहल गरी यथासिघ्र समस्याको समाधान गरीनुपर्नेमा जोड दिए । केसीले नेपालको माटो र भुभागलाई बचाउन रगत बगाउन परे पनि तयार रहेको भन्दै देशमा सबै परीबर्तन आन्दोलनबाटै सम्भब रहेको टिप्पणी समेत गरे । उनले यो विरोध सांकेतिक मात्रै भएको र तत्काल नसच्चाइए कालापानी गएर नेपाली भूमिमा राष्ट्रिय झण्डा गाड्न समेत पछी नपर्ने बताउदै नेपाली भूमिको रक्षाका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता समेत जनाए । कोण सभा अखिल (छैठौं)का केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवँरको सञ्चालनमा सम्पन्न भएको हो ।

सरकारद्धारा जारी पछिलो कानून अनुसार विरोध प्रदर्शनमा मसाल जुलुस गर्न नपाइने भनिएपनि मसाल जुलुसको तयारी र प्रदर्शनका बारेमा प्रहरी प्रशासनले सुइँको सम्म पाउन सकेको थिएन । अन्तिममा कोणसभामा आएर प्रहरीले राँकोहरुलाई निभाएको थियो ।