सन्धिखर्कमा अर्घाखाँची बचत तथा ऋण सहकारी संस्थाकाे १४ औ वार्षिक साधारण सभा तथा ५ औ अधिवेशन सम्पन्न

आर्थिक बिकाश र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मुल उदेश्यका साथ अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारण तथा पाचौं अधिबेशन सन्धीखर्कमा सम्पन्न भएको छ ।

अशाेक खनाल

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अर्घाखाँची बचत तथा ऋण सहकारी संस्था लि.काे १४ औ वार्षिक साधारण सभा तथा ५ औ अधिवेशन सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले ब्यानर र खुत्रुक्केमा पैसा राखी उद्घाटन गर्नु भएको कार्यक्रममा जिल्ला बचत संघ कि उपाध्यक्ष पार्बता भुसाल सम्मानित जेष्ठ नागरिकहरु लाल बहादुर रिजाल ,नन्द बहादुर आचार्य ,राम प्रसाद प्र.पौडेल ,कुलचन्द्र मरासिनी ,नारायण प्रसाद खनाल लगायत को आतिथ्यता रहेको थियो।
साधारण सभाले २०७५ को एसईई परिक्षा मा उत्कृष्ट जिपिए ल्याउने संस्थागत र सामुदायिक विद्यालय का ६ जना शेयर सदस्यका छोरा छोरी को अभिभावकलाई नगद रु. २००० र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
साधारण सभाले नौ सदस्यीय सञ्चालक समितिको समेत निर्बिरोध निर्बाचित गरेको छ । जसको अध्यक्षमा द्राेण प्रसाद भुसाल ,उपाध्यक्षमा बाबुराम शर्मा सचिबमा- बिष्णु प्रसाद बस्याल र कोषाअध्यक्ष – जगन्नाथ भुसाल र सदस्यहरुमा पुस्पा न्याैपाने , अशोक खनाल ,बिष्णु प्रसाद आचार्य ,नेता भुसाल,र कल्पना पोख्रेल रहनु भएको छ । साथै साधारण सभाले लेखा उप समिति ,धितो मुल्यांकन उपसमिती, ऋण उपसमिती ,शिक्षा उपसमिति ,सूचना तथा सन्चार उपसमिति ,महिला उपसमिति को समेत गठन गरेकाे छ । साथै अधिवेशनले ८ सदस्यीय सल्लाहकार समितिको समेत को गठन गरेकाे छ।।
नवगठित कार्यसमिती लाई निवर्तमान अध्यक्ष बालकृष्ण आचार्य ,सनपा १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुदाली तथा चिरञ्जीवी वस्याल ले शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष बालकृष्ण आचार्य को अध्यक्षता द्राेण भुसाल को स्वागत र निवर्तमान सचीव कबिराम खनाल को सन्चालन मा सम्पन्न भएको थियोे ।

अन्य समाचारहरु