अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ छापडाँडामा नगरपालिकाको लगानीबाट लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।
लिफ्टिङ खानेपानी आयोजनाको नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको थियो ।
कार्यक्रममा वार्ड अध्यक्ष लिलाराम गौतम लगायतका जनप्रतिनिधिहरु, स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।
खानेपानी खान पाउने भएपछि स्थानिय उपभोक्ताहरु निकै खुसी भएका छन ।