अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ मा अवस्थित सिद्धारा कृषि तथा पशु विकास महिला कृषि सहकारी संस्थाको तेस्रो साधारण सभा तथा अधिवेशन हुदैँछ । भोली पौष ६ गते आईतबारका दिन अर्घाखाँचीको शितगंगा नगरपालिका-११ दोबाटामा बिहान ११ बजे देखि सुरु हुने गरी मिति, समय र स्थान तय गरिएको छ ।
५ नं. प्रदेश सदस्य रामजी प्रसाद घिमिरेले उद्घाटन गर्ने उक्त कार्यक्रममा शितगंगा नगर प्रमुख सूर्य प्रसाद अधिकारी, उपप्रमुख टिका रेश्मी लगाएत वडा नं. ९ र ११ का जनप्रतिनिधी, विभिन्न राजनिती दल, हेफर इन्टरनेशनल नेपाल, मेस्डो नेपाल, प्राग नेपाल लगाएतका संघसंस्थाका प्रमुख तथा प्रतिनिधीलाई निमन्त्रणा गरिएको सहकारीले जनाएको छ ।
कार्यक्रममा सहकारीमा आबद्ध सम्पूर्ण समूह तथा सेयर सदस्य, वडा नं. ९ र ११ का वडाबासीका समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, पत्रकार लगाएत शुभचिन्तकहरुलाई उपस्थितीको लागि सहकारीकी कार्यबाहक अध्यक्ष दिलमाया घर्तिले सामाजिक संजाल मार्फत अनुरोध गर्नु भएको छ । ११ मा अवस्थित सिद्धारा कृषि तथा पशु विकास महिला कृषि सहकारी संस्थाको तेस्रो साधारण सभा तथा अधिवेशन हुदैँछ । भोली पौष ६ गते आईतबारका दिन अर्घाखाँचीको शितगंगा नगरपालिका-११ दोबाटामा बिहान ११ बजे देखि सुरु हुने गरी मिति, समय र स्थान तय गरिएको छ ।
५ नं. प्रदेश सदस्य रामजी प्रसाद घिमिरेले उद्घाटन गर्ने उक्त कार्यक्रममा शितगंगा नगर प्रमुख सूर्य प्रसाद अधिकारी, उपप्रमुख टिका रेश्मी लगाएत वडा नं. ९ र ११ का जनप्रतिनिधी, विभिन्न राजनिती दल, हेफर इन्टरनेशनल नेपाल, मेस्डो नेपाल, प्राग नेपाल लगाएतका संघसंस्थाका प्रमुख तथा प्रतिनिधीलाई निमन्त्रणा गरिएको सहकारीले जनाएको छ ।
कार्यक्रममा सहकारीमा आबद्ध सम्पूर्ण समूह तथा सेयर सदस्य, वडा नं. ९ र ११ का वडाबासीका समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, पत्रकार लगाएत शुभचिन्तकहरुलाई उपस्थितीको लागि सहकारीकी कार्यबाहक अध्यक्ष दिलमाया घर्तिले सामाजिक संजाल मार्फत अनुरोध गर्नु भएको छ ।