सुर्य भुसाल
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनामा निर्माण हुन लागेको स्वास्थ्य चौकी भबन ठेकदारले काम नगरेपछि अलपत्र परेको छ ।
संघिय ईकाई आयोजना कार्यालय रुपन्देहीसँग १ करोड ३३ लाख ८६ हजार ३०९ रुपैयाँमा सम्झौता गरेको डिएन डि पुष्पानजली जेभि गुल्मि तम्घासले समयमा काम नगरेपछि भबन अलपत्र परेको हो ।
बिगत २ बर्ष ६ महिना पहिले ठेक्का सम्झौता भएको जुकेना स्वास्थ्य चौकी भबन हाल सम्म पनि ठेकदारले काम नगरेका कारण अलपत्र परेको छ ।
संघिय ईकाई कार्यालय रुपेन्देहीले पटक पटक निर्माण ब्यबसायीलाई काम गर्न ताकेता पत्रचार गर्दा समेत अटेर गरि काम नगरेकोले कानुनी प्रकिया अनुसार ठेक्का सम्झौता गरेको निर्माण कम्पनिलाई कार्वाहि गर्ने तैयारी गरिएको आयोजना प्रमुख रानेन्द प्रसाद पान्डेले बताउनु भयो ।