कृष्ण परियार
असुरकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सन्धिखर्क देखि खिल्जी असुरकोट प्युठानको सिमाना जैटारी जोड्ने मोटर बाटो कालोपत्रे गरिने भएको छ । भुमिकास्थान नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बाटो खण्डलाई कालोपत्रे गर्ने भएको हो ।
कुर बाँझखर्कबाट नुवाकोटको पोखेडाँडासम्म १७ सय मिटर सडक कालोपत्रे हुने भएको हो । उक्त सडकलाई कालोपत्रे गर्नको लागी प्रदेश सरकार बाटरु १ करोड र भुमिकास्थान नगरपालिका बाट १ करोड गरि २ करोडको लगानिमा १७ सय मिटर सडक कालोपत्रे हुँने भएको छ ।
सडक कालोपत्रे गर्नको लागी शुक्रबारबाट काम सुचारु भएको नगर प्रमुख रेशम थापाले जानकारी दिएका छन । नगर प्रमुख थापाले ६ मिटर फराकिलो ग्राभिल सडक मध्य ५ मिटर सडकलाई कालोपत्रे गरिने बताए । त्यस्तै धारापानी बजार बाट अघि करिव ४ किलोमिटर धारापनी ढाकावाङ लागत ३ करोड ४०लाख जस मध्य १ करोड भुमिकास्थन नगरपालिकाको र २ करोड ४०लाख प्रदेश सरकारको बाट सडकलाई कालोपत्रे गरिने बताइएको छ ।
चालु आर्थिक बर्ष २०७६ पौष ४ गतेको सूचना अनुसार प्रदेश सरकार बाट २९ करोड विनियोजन गरिएको छ । नुवाकोट छेडा – पकले –घाटाखोला –धारापानी– ढाकावाङ हुदै प्युठानको चुदाँठाटी जोडने सडकको काम पनि तिब्र गतिमा गरिने नगर प्रमुख थापाले जानकारी दिए ।
त्यस्तै नुवाकोट देखि खिल्जी असुरकोट जैटारी जोड्ने सडकमा बरबास देखि बेल्बोटसम्म १करोड ४०लाख र बेल्बोट देखि जैटारी सम्म केन्द्र सरकार बाट १ करोड र भुमिकास्थान नगरपालिकाको १ करोड गरि २ करोड लगानिमा सडकलाई अहिले ग्राभिल गरिने भएको छ । र गच्छे नमुना पूल देखी गैरागोठ सम्म ९०लाख को लगानीमा २७००सय मिटर सडक ग्राभिल भैरहेको समेत नगर प्रमुख थापाले जानकारी दिएका छन ।