प्रेम नारायण आचार्य
अर्घा, अर्घाखाँची । मनकामना महिला विकास बचत तथा ऋण सहकारी सस्था लिमिटेड सन्धिखर्क नगरपालिका अर्घाको १३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्धाटन गर्दै सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले सहकारीमा आबद्ध महिलाहरुलाइ आयआर्जन र उत्पादन मुलक क्षेत्रमा लाग्न आग्रह गर्नु भयो । उँहाले उत्पादन विना आर्थिक समृद्धि नहुने भएकाले त्यस तर्फ ध्यान दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपाका जिल्ला सदस्य तथा महिला नेतृ इश्वरा पोख्रेल, नेपाल पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर रानाभाट, साना किसान कृषि सहकारी अर्घाका अध्यक्ष मुनासिंह ठकुरी लगायतले मन्तब्य राख्दै सहकारीबाट आय आजर्न बृद्धि गर्नु पर्नेमा जोड दिए ।
साधारण सभामा सस्थाका अध्यक्ष मिश्रा आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीमा सन्धिखर्क ९ र १० का पाँच सय जना महिलाहरु शेयर सदस्य रहेका छन । सस्थाले आयआर्जनका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
कार्यक्रम सहकारीका अध्यक्ष मिश्रा आचार्यको अध्यक्षता, दिपा खनालको स्वागत मन्तब्य र कल्पना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।