अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा मसाल निकट अखिल छैठौंको २५ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्पन्न सम्मेलनले पुरन नेपालीको अध्यक्षतामा १५ पूर्ण,४ वैकल्पिक र ६ सल्लाहकार गरि २५ सदस्यिय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।
नवनिर्बाचित कार्यसमितिको उपाध्यक्षमा आकाश भाट ,सचिव सन्तोष कुंवर ,सह–सचिव राजेश भुसाल ,कोषाध्यक्षमा शुष्मा भुसाल निर्वाचित हुनुभएको छ ।
पौष ४ र ५ गते सम्पन्न छैठौंको २५ औं जिल्ला सम्मेलन अखिल छैठौंका महासचिव महेश राज जोशीले उद्घाटन गर्नु भएको थियो ।