अर्घाखाँचीडट्कम संवाददाता
कल्लेरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ४ धारापानीको कल्लेरीमा लागुऔषध तथा घरेलु मदिरा नियन्त्रण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी धारापानी अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं. ४ कल्लेरीमा स्थानियवासी, बुद्धिजिवी तथा युवाको उपस्थितीमा प्र.ह.राजेन्द्र श्रेष्ठले लागुऔषध तथा घरेलु मदिरा नियन्त्रण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको थियो ।