अर्घाखाँचीका ३ सय ५५ जना शारिरिक अपाङ्घता भएका बालबालिकाहरुकोे नयाँ जिवन

सागर महत
 अर्घाखाँची । प्रदेश सांसद रामजी प्रसाद घिमिरेले राज्यले अपाङ्घता भएका बालबालिका तथा त्यस क्षेत्रलाइ प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । अझ्mै पनि केही सुुधारात्मक काम गर्न बाँकी रहेकोले ति काम पुरा गर्दै जाने उहाँको भनाई छ ।
विकलाङ्घ मित्र समुह अपाङ्घ अस्पताल तथा पुर्नस्थापना केन्द्र,, सक्षम परियोजना अर्घाखाँचीको वार्षिक प्रगती तथा सामाजिक लेखाजोखा कार्यक्रममा बोल्दै सांसद घिमिरेले राज्यले अपांगको क्षेत्रमा गरेको काम पर्याप्त नभएको भन्दै यो कुरालाई माथीसम्म पु¥याउने बताउनु भयो ।
अर्घाखाँचीमा संचालीत सक्षम परियोजनाले ३ बर्षको अवधीमा १८ बर्ष भन्दा मुनीका ३ सय ५५ जना शारिरिक अपाङ्घता भएका बालबालिकाहरुको जीवनमा परिवर्तन ल्याउन सफल भएको छ । कार्यक्रममा संस्थाका केन्द्रिय उपाध्यक्ष कृष्ण भट्टाराईले ३५ बर्ष देखी सेवा दिंदै आएको सक्षम परियोजनाले ९५ हजार जना लाइ सेवा दिइएको र १६ हजार जनालाइ सक्षम बनाएको बताउनु भयो ।
कार्यक्रममा परियोजनाका व्यवस्थापक गोविन्द चौधरी, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक, छत्रदेव गाउँपालिकाकी उपप्रमुख तुल्सा देवी श्रेष्ठ, मालारानीकी उपप्रमुख प्रमिला क्षेत्री, जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर कपील गौतम, प्रहरी नायव उपरीक्षक प्रकाश बिष्ट, पत्रकार महासंघका प्रदेश सदस्य पे्रमनाराण आचार्य लगायतले मन्तव्य राख्दै संस्थाले गरेको काम निकै फलदायी भएको बताउनु भयो ।
कार्यक्रममा संस्थाका अर्घाखाँचीका सुपरभाइजर लेखनाथ आचार्यले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संस्थाका केन्द्रिय उपाध्यक्ष कृष्ण भट्टाराईको अध्यक्षता, सुजिता थिङको स्वगत मन्तव्य र नारायण भुसालको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु