अर्घाखाँचीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग समिति गठन

अर्घाखाँची संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराट्रिय क्रिकेट रंगशाला केही महिना भित्रैमा सम्पन्न हुने बताएका छन । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बिहिबार आयोजित एक कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले एकीकृत नमुना बस्ती जस्तै निर्धारीत समयमै रंगशाला सम्पन्न हुने बताए ।
उनले रंगशालामा ७७ ओटै जिल्लाका लागि एक÷एक ओटा कक्ष निर्माण भइरहेको समेत जानकारी दिए । तर, त्यसका लागि हरेक जिल्लाले आ–आफ्नो कक्ष निर्माणको जिम्मा लिए त्यसको अपनत्व बढ्ने जिकिर पनि उनले गरे । उनले पछिल्लो समय रंगशाला निर्माणको अवलोकनका लागि दैनिक सयौं व्यक्ति चितवन आउने र उनीहरुले स्वयंसेवकको रुपमा काम गर्दा आफूहरुलाई हौसला मिलेको बताए । धुर्मुसले अन्तराष्ट्रिय मापदण्डमा बन्ने यो रंगशाला आफ्नैपन झल्कने र नेपाली जनताको सहयोगबाट बन्ने विश्वकै नमूना र पहिलो रंगशाला भएको समेत बताए ।
यसैबिच धुमुर्स सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको क्रिकेट रंगशालालाई अर्घाखाँचीबाट पनि सहयोग जुट्ने भएको छ । सहयोग रकम जुटाउन युवा व्यबसायी कृष्ण भुसालको संयोजकत्वमा ३५ सदस्यीय रंगशाला निर्माण सहयोग समितिको गठन गरीएको छ ।
कृष्ण प्रसाद भुसालको संयोजकत्वमा २३ सदस्यिय जिल्ला स्तरिय सहयोग समिति अर्घाखाँची बिहीवार गठन गरिएको हो । 
समिती यस्तो छ: 
संयोजकः कृष्ण प्रसाद भुसाल
सह संयोजकः सहयोगी वी.सी.
सचिवः शिव बेल्वासे
सदस्य सचिवः श्रीकृष्ण भुसाल
कोषाध्यक्षः राधा आचार्य
सदस्यहरुः हरी प्रसाद भुसाल, प्रदिप मिश्र, कबिराज खनाल, काजी श्रेष्ठ, प्रेम थापा, पुष्करनाथ आचार्य, छमा कार्की, शुशिला कन्जाडे, हिम लेकाली, राजेन्द्र जि.सी., बलबहादुर वी.सी., प्रकाश भुसाल, प्रेम नारायण गैरे, तिलका भुसाल, कृष्ण बहादुर भुसाल, मोहन सिंह ठकुरी, ऋषी भट्टराई, बिष्णु परियार रहेका छन् ।

अन्य समाचारहरु