(प्रकासित मिती: २०७६ पौष १०, विहीवार)
श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची पुस १० (अर्घाखाँचीडट्कम संवाददाता ) । सन नेपाल लाईफ ईन्स्योरेशन कम्पनि लिमिटेडको आयोजनामा बिहिबार सन्धिखर्कमा बिमा जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ । शिब बेल्बासेको सन्चालनमा सम्पन्न कार्यक्रममा कम्पनीका महा–प्रबन्धक कमलराज गौतम, ब्राण्ड एम्बेसडर एबं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस), कुन्दना घिमिरे सुन्तली, सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल,प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल लगायतले मनतब्य राख्नु भएको हो ।
कार्यक्रममा अर्घाखाँची उप–शाखाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको अर्घाखाँची शाखा प्रबन्धक मिना बस्याल भट्टराईले जानकारी दिनुभयो । यस्तै सन नेपाल लाईफ ईन्स्योरेशन कम्पनिमा बिमा गराई दुर्घटनामा परी ज्यान गुमाएका परीवारका सदस्यहरुलाई दुर्घटना बिमा रमक प्रदान समेत गरीएको भट्टराईले बताउनु भयो ।
कार्यक्रममा धुर्मुस र सुन्तलीले उपस्थित दर्शकहरुलाई हास्यव्यङ्ग्य मार्फत मनोरञ्जन समेत प्रदान गराउनु भएको हो ।