अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित अर्घाखाँची अस्पतालका बिरामीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ अर्घाखाँचीको आयोजनामा पुनर्निर्माण प्राधिकरण स्थापना दिवसको उपलक्ष्यमा हर्लिक्स बितरण कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति पिताम्बर शर्मा पुनर्निर्माण प्राधिकरणका प्रमुख शैलेन्द्र यादब, जिल्ला अस्पताल प्रमुख डा.जगन्नाथ तिवारी ,जिल्ला प्रहरी प्रमुख प्रकाश बिष्ट ,जिल्ला अनुसन्धान कार्यालय प्रमुख बिजय चतुर्बेदी , शसस्त्र प्रहरी प्रमुख माधब रेग्मी लगायतले कार्यालयकाे सफलताको शुभकामना र बिरामीलाई सिघ्र स्वास्थ्य लाभकाे कामना व्यक्त गर्नु भएको थियो ।