जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अनुसार जिल्ला अर्घाखाँची सितगंगा नगरपालीका वडा नं-७ स्थित प्रहरी चौकी जलुकेको प्राङ्गणमा स्थानिय जनप्रतिनिधी, स्थानियवासी, समाजसेवी, बुद्धिजिबी, युवा तथा महिलाको उपस्थीतिमा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलज्यू तथा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले शान्ती सुरक्षा सम्बन्धी बिबिध विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको ।
अशोक खनाल
जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ७ जलुकेमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) विजयराज पौडेलको नेतृत्वमा जिल्ला स्थीत सुरक्षा समितिको टिमले अनुगमनलाई तिब्रता दिएको छ ।
अनुगमनको क्रममा वडा कार्यलय, स्वास्थ्य चौकी, विद्यालय, प्रहरी चौकी, विशेषनापीले गरिरहेको जग्गा नापजाँच, जग्गाको चलन चल्तीको मुल्यांकन र नागरिकता सम्बन्धि मुद्धाहरुमा व्यापक अन्तरक्रिया तथा छलफल गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा विद्यालय र स्वास्थ्य चौकीहरुमा प्रयाप्त जनशक्ति नभएको स्थानीयहरुले गुनासो गरेका थिए । जनतासँग भेटघाट गरी जनताका गुनासाकोे सुनुवाई गर्दै समाधानका लागी सम्बन्धीत निकायमा पहल गर्ने सीडीओ पौडेलले बताए । ‘प्रहरी युनिट थप हुन पर्ने, यथार्थ भन्दा बढी कायम भयको जग्गाको मालपोत मुल्यांकन घट्नु पर्ने, विशेष नापीबाट भयको त्रुटि सच्याइन पर्ने, बिधालयमा शिक्षक र स्वास्थ्य चौकि र वडामा रिक्त कर्मचारी दरबन्दी पुर्ती हुनु पर्ने लगायातका गुनासा सुनियो, सबै समस्याको क्रमस समाधान गरिने छ, पौडेलले भने ।
पछिल्लो समय जिल्लाका हरेक क्षेत्रहरुमा सुरक्षा समितिले गाउँ गाउँमा पुगि स्थानीयहरुसंग व्यापक अन्तरक्रिया तथा छलफल गर्दै आइरहेको छ।