अर्घाखाँचीडट्कम संवाददाता
अडगुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ७ अडगुरीको देउरालीमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी पाली अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अनुसार देउरालीमा स्थानियबासी, समाजसेबी, भद्रभलादमी, महिला, युवाको उपस्थितिमा प्र.ह. सोभाराम चौधरीले सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।

७ नं वडा कार्यालय: अडगुरी
यो वडाको जम्मा क्षेत्रफल १७. ८४ वर्ग कि.मि. रहेको छ। साविक गा. वि. स. अनुसार यस वडाको करिव १२८३. २५ हेक्टर क्षेत्रफल वन जङ्गलले ओगटेको छ भने थुप्रै सामुदायिक वनहरु यसै भित्र रहेका छन।यो वडाको मुख्य वस्तिहरु घुम्ति,भन्ज्याङ्ग ढाक्रेवाश, हटिया, सतिनेटा, दुविचौर, देवलपोखरी, माझगाउँ झन्द्रेक, तल्लो झन्द्रेक, आरुपाटा रहेका छन।।कुल जनसङ्ख्याको करिव २७.८० प्रतिशत जनसङ्ख्या विदेशीएको छ।यस वार्डको करिव २५.३९ प्रतिशत जनसङ्ख्या गरिविको रेखाभित्र पर्छन
।
यस वडाकार्यालय र गाउँ कार्यपालिकाको कार्यालय सम्मको दुरी १८ कि मि रहेको छ।
जडिवुटी
:
कुरीलो, लोत्ता, जिवन्ती, सुनाखरी, सुनगाभा, टिमुर, चुत्रो, मजिठो, सिल्टिमुर, चीराइतो।
जनसङ्ख्या
:
राष्ट्रिय जनगणना २०६८ अनुसार यो वडाको जम्मा घर परिवार संख्या ९३५ पुरुष १५८० र महिला २२९१ रहेका छन।
स्वास्थय
: यस वडालाइ खुल्ला दिसामुत्त घोषणाको लागी स्विकृति दिएको बैठक मिति २०७०।०२।२० थियो भने खुल्ला दिसामुत्त घोषणा सभा भएको मिति २०७० असार ०७ रहेको छ।यस वडामा सार्वजनिक शौचालयहरु माग भएका स्थानहरु भने निम्न छन।
ढाक्रेवास
मालिका झन्द्रेक
दुविचौर
शिक्षा
:यो वडालाइ वि सं २०७१।०२।२६ गतेका दिन साक्षर घोषणा गरीएको थियो भने यो वडाको साक्षरता प्रतिशत ९८.५३ रहेको छ।
यस वडामा ४ आधारभुत विद्यालय र ३ माध्यमिक विद्यालयहरु संचालनमा रहेका छन।
धार्मिक सम्पदा:
छत्र मन्दिर
मालिका मन्दिर
राम मन्दिर
शिव मन्दिर
कालिका मन्दिर
युवा क्लव:
सगरमाथा जनसरीकार युवाक्लव
जनजागृति असल शासन युवा क्लव
गणतान्त्रिक सृजनशिन युवा क्लव
प्रगतिशिल युवा क्लव
कृषि
/
पशु
:यो वडालाइ च्याउ तरकारि कागति खेतिको लागी पकेट क्षेत्र घोषणा गरीएको छ।पाणिनी गाउँपालिकालाइ कार्यक्षेत्र वनाइ नमुना साकोस सहकारी र झन्द्रेक साकोस सहकारी संस्था दर्ता भएका छन।यस वडामा साना सिचांइ आयोजना मार्फत ३० रोपनी क्षेत्रफल सींचीत रहेको छ भने उत्त आयोजना बाट ४ घरपरिवार लाभान्वित भएका छन।