अर्घाखाँची शितगंगा युएई संपर्क समिती गठन, अध्यक्षमा घनश्याम खनाल

बिष्णु कुमार आले  
 
सन्धिखर्क, अर्घाखाँची २०७६-९-१३ । अर्घाखाँचीको शितगंगाबाट रोजगारीको शिलसिलामा युएई पुगेका युवाहरु पछिल्लो समय संगठीत भएका छन् । हाम्रो शितगंगा ,हामी शितगंगाबासी हातमा हात काँधमा काँध मिलाई अघि बढौं साथी भन्ने मुल नारा सहित दुबईमा भएको शितगंगाबासी युवाहरुको भेलाले घनश्याम खनालको अध्यक्षतामा २५ सदस्यीय शितगंगा युएई संपर्क समिती गठन गरेको छ । 
जसको उपाध्यक्षहरुमा प्रेम बहादुर बगल्दारमगर, कृष्ण प्रसाद अधिकारी ,महिला उपाध्यक्षमा जानका खनाल, महाँसचिवमा गणेश प्रसाद पौडेल, सचिवमा नारायण प्रसाद पौडेल, कोषाध्यक्षमा ऋषिराम न्यौपाने, प्रवक्तामा सन्जिव बेल्बासे चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शंकर भण्डारी,नारायण प्रसाद पौडेल, तिलक क्षेत्री, शोभाकर पौडेल ,शिवलाल पौडेल, बद्री भुसाल, ज्ञान प्रसाद पाण्डे ,दुर्गा बिसी, शिव बिसी, हरि बिसी, शोभाखर गैरे र प्रेम बिक रहेका छन् । साथै भेलाले नरेन्द्र बेल्बासे, महेन्द्र क्षेत्री र रामचन्द्र पौडेललाई सल्लाहाकारमा चयन गरेको छ । शितगंगा युएई संपर्क समितीको प्रमुख संरक्षक चन्द्र सारुमगर रहने बताईएको छ । 
कार्यक्रमका प्रमुख अथिती समेत रहेका चन्द्र सारु मगरले कार्यक्रमको उदेश्य माथी प्रकास पार्दै रोजगारीको शिलशिलामा शितगंगा बाट युएई आएका सम्पुर्ण युवाहरुलाई यो एकतामा जोडिन आग्रह गरेका छन् । 
सारु मगरले एकतामा नै बल पुग्ने भन्दै प्रदेसिएका युवा माथी परेका बिभिन्न समस्याको हल एकता बाटै गर्न सकिने बताए । उनले एक अर्कामा सहयोगको भावना लिएर हातमा हात , काँधमा काँध मिलाएर अघि बढ्नुको बिकल्प नभएको भन्दै तन, मन, धनलाई गास्न सके जन्मभुमी शितगंगामा सामाजिक क्षेत्रमा बिभिन्न काम गर्न सकिने बताए । 
कार्यक्रम घनश्याम खनालको अध्यक्षता र चन्द्र सारुमगरको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा रोजगारीको खोजीमा युएई पुगेका अर्घाखाँची शितगंगाबासीको उल्लेखनीय सहभागीता रहेको थियो ।

अन्य समाचारहरु