बाँगीका वडाअध्यक्ष भुसालको पहलमा पीडित परिवारलाई आर्थिक सहयोग

 हरि कुँवर 
बाँगी, अर्घाखाँची । बाँगीका वडाअध्यक्ष  शाेभाखर भुसाल को पहलमा  पीडित थापा परिवार लाई  गाउँपालिका बाट आर्थिक सयोग प्रधान गरिएको छ । 
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा न.५ साविक बाँगी ७ कुजेरी निवासी क्यान्सर पिडित राकेश थापा लाई  आर्थिक समस्या परेको छ ।
पीडा माथी पीडा भएको छ । उनी माथि अर्को पिडा आईलागेको छ ।  थापाका एकल  छोरा १४ बर्षीय राजन थापा आगोले जलेका छन । वडा को पहलमा गाउँपालिका बाट पच्चीस हजार प्रधान गरिएको थियो ।  हरि कुँवर ,गिता पन्थी , सुर्य कुँवर लगाएत को उपस्तिथि मा उक्त रकम काठमाडौं पढाइएको हो । 
आर्थिक अवस्था कमजोर भएका राकेश थापा को क्यान्सरले गर्दा दाहिने खुट्टा गुमाउनु परेको थियो । थापा को श्रीमती ,तीन छोरी , एक छोरा छन । घर खर्चको अभावले छोरीको नियमित पढाई समेत विग्रिएको उनको परिवारको भनाई छ ।
राकेश थापाका छोरा राजन थापा को दुवै खुट्टा र हात जलेको ले अपरेसन गरी सर्जरी गर्नु पर्ने डाक्टर ले बताउछन् । राजन को उपचार को लागी अनुमानित २०-२२ लाख खर्च आउने हुदा आर्थिक अभाव भएको हो । 
काठमाडौंको  कीर्तिपुर अस्पतालमा उपचार भइ रहेको छ । 
 
वडा अध्यक्ष शोभाखर भुसाल ले आफ्नो वडामा घटेका घटना आफ्नै घरको समस्या सहर भएको ले हतास नहुन समेत आग्रह गर्दै सयोग गर्ने प्रतिबद्धता समेत जाएर गर्नु भएको थियो ।

अन्य समाचारहरु