अर्घाखाँचीडट्कमका सहकर्मी दिपक भुसालले काठमाडौंमा बाल आश्रमका बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाए (तस्बिर सहित)

डिआरजी सुमन
काठमाडौं  (अर्घाखाँची डटकम् ) । नेपालको संघिय राजधानीवाट पत्रकारिताको साथसाथै व्यावसाय र सामाजिक कार्यमा क्रियाशील अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं ५ वाँङ्ला वलेवाङ स्थायी घर भई काठमाण्डौमा रहदै आएका युवा दीपक भूसाल सामाजिक कार्यमा निकै सक्रिय रुपमा लागेको उदाहरण सर्वत्र छ ।
काठमाण्डौमा वसेर पाँचतारे होटलमा मौजमस्ती गरी  आफ्नो जन्मदिन मनाउने लहर जताततै वढीरहेको समयमा प्रेस सङ्गठन काठमाडौं शाखाका सदस्य तथा पत्रकार महासङ्घ काठमाडौंका सदस्य दिपक भुसालले भने आफ्नो उन्नतीसौँ जन्मदिन काठमाडौंकाे कागेश्वरी मनाेहरा ७ मा रहेकाे फ्युचर बाल अाश्रमका बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाएका छन । आश्रममा रहेका वालवालिकाको साथमा केक काटेर मनाउने जन्मदिन मनाउदै गर्दा आनन्द आएको भूसाल वताउछन । ठुलाठुला पाटी पैलेसमा तड़क भड़क रुपमा खर्चीलो तवरले रमाउनु भन्दा यसरी बालबालिकासँग रमाउँदै खाएकाे दालभात, तरकारी, अचारले हजाराैँ गुणा बढि अानन्द दिएको भूसालको भनाई छ ।
आफ्नो अठ्याईशौ जन्मदिन अर्घाखाँची जिल्ला कै दुर्गम विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरी मनाएका दिपक भूसालले यस पटक काठमाण्डौकै एक आश्रममा मनाएका छन ।
वरिष्ठ पत्रकार,राष्ट्रीय समाचार समिती का वरिष्ठ समाचारदाता तथा शिक्षा पत्रकार समुह का पुर्व अध्यक्ष प्रकाश सिलवाल,पत्रकार मुकुन्द भुसाल,अर्जुन भूसाल, सचिन्द्र गौतम, सामाजिक अभियानता जयराम थापा सहित आफ्नै जीवनसाथी लिला वरालको साथमा आश्रममा पुगेका दिपक भुसालले उक्त आश्रममा रहेका सबै  बालबालिकाकाे एक महिनाकाे बाेर्डिङकाे  ५० प्रतिशत  शुल्क पनि  तिरिदिने घोषणा समेत गरेका छन । स्थानीय स्तरमा समेत विभिन्न प्रकारको अभियान र शिविर लिएर जाने र गाँउ र समाजका लागी केही गर्न पर्छ भन्ने धारणा भएका भुसाल पछिल्लो समयमा धेरैको मनमुटुमा रहन सफल भएका छन ।
तस्वीर लिला वराल/अर्घाखाँची डटकम् 

अन्य समाचारहरु