अर्घाखाँचीमा मादक पदार्थ सेवन गरी बस चलाऊने चालकलाई सार्वजनिक कसुर अन्तर्गत मुद्धा चलाईयो

Image result for सन्धिखर्क बस

सागर महत
 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा यात्रुवाहक बसका चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको भन्दै चालकलाई प्रहरी मुद्धा चलाएको छ ।
जिल्लामा बढीरहेका सडक दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको संयुक्त चेकिङमा खटिएको प्रहरी टोलीले जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं.१ पाणिनी चोकबाट गुल्मीको तम्घासको लागि छुटेको लु१ख ६२४१ नम्बरको यात्रुवाहक बसका चालकले मादक पदार्थ सेवन गरी गाडी चलाएको भन्दै चालक राज कुमार नेपाली लाइ चेकिङको क्रममा पक्राउ गरीएको हो ।
संयुक्त चेकिङ प्रहरी टोलीले चालकलाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन गरी आफ्नो तथा यात्रुहरुको ज्यानै जोखिममा पर्ने गरी सवारी चलाएकोले चालकलाई सार्वजनिक कसुर अन्तर्गत मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए ।

अन्य समाचारहरु