अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित चुत्राबेसीमा रहेको श्री जनज्योती माध्यमिक बिद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र-छात्रा तथा शिक्षक-शिक्षिकालाई लागु औषध तथा मादक पदार्थ : प्रकार, असर, बच्ने उपायहरु तथा कानूनी व्यबस्था सम्बन्धी बिषयमा सचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी”कार्यक्रम अनुसार “प्रहरी-बिद्यालय सम्पर्क कार्यक्रम” अन्तर्गत चुत्रावेशी स्थित श्री जनज्योती माध्यमिक बिद्यालयका कक्षा ९ मा अध्ययनरत अं.११५ जना छात्र-छात्रा तथा शिक्षक-शिक्षिकालाई प्र.स.नि.सन्तोष के.सी.ले लागु औषध तथा मादक पदार्थ : प्रकार, असर, बच्ने उपायहरु तथा कानूनी व्यबस्था सम्बन्धी बिषयमा सचेतनामुलक प्रशिक्षण दिनु भएको थियो ।