तिलक राम बन्जाडे
ढाकाबाङ, अर्घाखाँची । भुमिकास्थान नगरपालिका वडा नं.-१, ढाकाबाङ, पिपलनेटा स्थित श्री विश्व माध्यमिक विद्यालयमा आज अतिरिक्त कार्यक्रम अन्तर्गत आधारभूत तह (कक्षा ५-८) स्तरिय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
अभ्यास शिक्षणमा रहेका यसै विद्यालयका कक्षा -१२ मा अध्ध्यनरत विद्यार्थी शिक्षकद्वारा सदनगत रुपमा आयोजना गरीएको उक्त हाजिरी जवाफ प्रतियोगितामा सगरमाथा सदन प्रथम, माछापुच्छ्रे सदन द्वितिय र कन्चनजङ्घा सदन तृतीय भएका छन ।
प्रतियोगितामा प्रथम, द्वितिय , तृतिय र शान्तवना हुने सदनका विद्यार्थीहरूलाई कार्यक्रमका अध्यक्ष तथा विद्यार्थी शिक्षक शिव खनाल र कार्यक्रमका प्रमुख अतिथी एवम् विद्यालयका निमित्त प्रधानाध्यापक गोपालप्रसाद आचार्यद्वारा पुरस्कार वितरण गरिएको छ।
उक्त कार्यक्रम शिव खनालको अध्यक्षता , निमित्त प्र.अ. गोपालप्रसाद आचार्यको प्रमुख आतिथ्यता, शिक्षक तिलकराम बन्जाडे र उमानन्द बन्जाडेको सहजीकरण एवम् विद्यार्थी शिक्षक सीता खनालको संचालनमा सम्पन्न भएको छ ।