लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय बाणिज्य बैंक अर्घाखाँची शाखाले मृगौला पिडितलाई आर्थिक रकम सहयोग गरेको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर–१० अर्घा सानाबरपाक निवासी मृर्गौला पिडित गोविन्द विश्वकर्मा लाई राष्ट्रिय बाणिज्य बैंक अर्घाखाँची शाखाले दस हजार रुपैैंया सहयोग गरेको हो । बैंकको प्राङ्गणमा आयोजित एक कार्यक्रममा मृर्गौला पिडित गोविन्दका दाई धनेन्द्र बिकलाई शाखा प्रबन्धक कमल प्रसाद आचर्यले दस हजार रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो ।
राष्ट्रिय बाणिज्य बैंकको ‘सामाजिक उत्तरदायित्व’ कार्यक्रम अन्तर्गत उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग हस्तान्तरण गरिएको प्रबन्धक आचर्य बताउनु भयो । रकम हस्तान्तरण कार्यक्रममा कार्यालयका कर्मचारीहरुको पनी उपस्थिती रहेको थियो ।
मृगौला पिडित गोविन्दको बुटवलमा रहेको गौतमबुद्ध मुटु अस्पतालमा उपचार भईरहेको छ ।