अनिल नेपाली
डिभर्ना, अर्घाखाँची १७ पुस । सन्धिखर्क नगरपालिका कार्यबाहक नगर प्रमुख ठाकुर कुमार विक किशोरले शिक्षाको गुणस्तर बृद्धिमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।
सन्धिखर्क नगरपालिकाद्धारा विनियोजित बजेट बाट सुईटर वितरण तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई आज कन्या कुमारी आधारभुत विद्यालयमा सम्वोधन गदै प्रमुख अथिति समेत रहेका काबा नगर प्रमुख विकले शिक्षा विना समाज रुपान्तरण गर्न नसकिने बताउदै शिक्षाको स्तरउन्नतिको लागि सबैले सहयोग गनुपर्ने राज्यलाई दोष दिइएर मात्र शिक्षाको गुणस्तर बृद्धि गर्न नसकिने बताउदै निजी बोडिङ्गमा उच्च माध्यमिक तह उत्र्तीण गरेका शिक्षक हरुले पढाएका विद्यार्थी प्रतिस्पर्धामा हुने तर सरकारी स्कुलमा डिग्री पढेका शिक्षकले पढाउदा विद्यार्थीको स्तरउन्नति नभएको भन्दै गम्भीर ढड्गले आफुहरुले समीक्षा गरेको बताउनुभएको थियो ।
एक फरक प्रसगमा कुरा गदै कावा नगर प्रमुख विकले प्रत्येक वडामा नमुना विद्यालयको छनोट गरी विषयगत शिक्षकलाई पुस्कृत गर्नको लागि नगरपालिकाले आतुर रहेकोले त्यस अनुरुप तयारी गर्न शिक्षकलाई आग्रह गनुृभएको थियो ।
यसरी कार्यक्रममा मन्तब्य राख्नेमा सन्धिखर्क नगरपालिका वडा न ११ डिभर्नाका अध्यक्ष धुबराज आचार्य वडा सचिब पुष्करनाथ आचार्य विद्यालय व्यबस्थापन समितिका पुर्व अध्यक्ष विष्णुप्रसाद आचार्य लगायतका बक्ताले कार्यक्रममा मन्तब्यमा राख्दै समाज रुपान्तरण आधार शिक्षा भएकोले शिक्षाको गुणस्तर बृद्धिमा सबैले सहयोग गनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा समाजसेबी सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो आफु निर्वाचित भएपछि विद्यालयमा गरेको बाचा पुरा गरी विधालयमा प्रोजेक्टर प्रविधि लगायतका सामाग्री हस्तान्तरण गरेको भन्दै अभिभाबक लगायत विद्यालयक शिक्षकले प्रशासा गरेका थिए ।