प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची। निर्माण व्यवसायीले समयमै काम नगरेर योजनाहरु अलपत्र परेका घटना सार्वजनिक भैरहेको समयमा तोकिएको समयमै गुणस्तरीय कार्य गरेको भन्दै जिल्ला सरकारी वकील कार्यलय अर्घाखाँचीले निर्माण व्यवसायी हरिकुमार श्रेष्ठलाइ सम्मान गरेको छ ।
सन्धिखर्कमा निर्माण भएको जिल्ला सरकारी वकील कार्यलय भवन गुणस्तरीय काम गरेर तोकिएकै मितिमा सम्पन्न गरेको भन्दै महादेव खिम्ती श्रेष्ठ कन्ट्रक्सन जेभी तम्घास गुल्मीका निर्माण व्यवसायी श्रेष्ठलाइ सम्मान गरेको हो । भवन समुद्धाटन कार्यक्रममा महान्याधीबक्ता अग्नी प्रसाद खरेलले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हन् । भवन राम्रो र गुणस्तरीय बनाएको भन्दै निर्माण व्यवसायीको खुलेरै प्रशंसा गरेका थिए । भवन निर्माणको ठेक्का सम्झौता अनुसार महादेव खिम्ती श्रेष्ठ कन्ट्रकसन जेभी तम्घास गुल्मीले २ करोड ३२ लाख ५० हजार पाँच सय १४ रुपैयाको लागतमा भवन निर्माण गरेको हो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेस सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, निर्मला क्षेत्री, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमरा विक, जिल्ला न्याधीस बासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, नेपाल वार एसोसिएसनका कार्यवहाक अध्यक्ष विजय खत्री लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा कार्यलयमा उत्कृष्ट कार्य गर्ने कर्मचारीको रुपमा खरिदार सुनिता खनाल र भवन निर्माणमा उल्लेखय भुमिका खेलेको भन्दै सव ओभरसियर जगत खनाललाइ पनि सम्मान पत्र र दोसल्लाले सम्मान गरेको छ ।