सन्धिखर्कमा २ करोड ३२ लाख बढी लागतमा बनेको वकिल कार्यालय भवनको उद्घाटन

प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची। सदरमुकाम सन्धिखर्कमा सुविधा सम्पन्न जिल्ला सरकारी वकिल कार्यालयको भवन निर्माण कार्य सम्पन्न भएको छ ।
भवन निर्माणको ठेक्का सम्झौता अनुसार महादेव खिम्ती श्रेष्ठ कन्ट्रकसन जेभी तम्घास गुल्मीले २ करोड ३२ लाख ५० हजार पाँच सय १४ रुपैयाको लागतमा भवन निर्माण गरेको हो ।
सन्धिखर्कमा निर्माण भएको जिल्ला सरकारी वकील कार्यलय भवनको आज एक कार्यक्रमका बिच महान्याधीबक्ता अग्नी प्रसाद खरेलले समुद्घाटन गर्नु भएको छ । उद्धाटन समारोहमा मन्तब्य राख्दै महान्याधीबक्ता खरेलले कानून भन्दा माथी कोहि नहुने भएकाले कानूनको पालना गर्न सबै लाग्नु पर्ने बताउनु भयो ।
उनले स्थानीय तहलाइ बलियो बनाउदा लोकतन्त्र बलियो हुने बताउनु भयो । अनुसन्धानलाइ प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताउदै अपराधी उम्कने र निर्दोस फस्ने वातावरण कसैले बनाउनु नहुने बताउनु भयो ।
विभिन्न जिल्लाका १५ भवन सद्धाटन भैसकेको, ११ वटा सरकारी वकिल कार्यलय भवन निर्माणाधीन अबस्थामा रहेको नायव महान्याधीबक्ता पदम प्रसाद पाण्डेले बताउनु भयो । उनले सरकारी वकीलसंग समन्वय र सहकार्य गरेर सरकारी कार्यलय तथा स्थानीय सरकार अगाडी बढेमा मुद्धाको संख्यामा कमी हुने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेस सांसद चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, निर्मला क्षेत्री, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमरा विक, जिल्ला न्याधीस बासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, नेपाल वार एसोसिएसनका कार्यवहाक अध्यक्ष विजय खत्री लगायतले मन्तब्य राखेका थिए ।भवन निर्माणको बारेमा जिल्ला सह न्याधीबक्ता हरि प्रसाद घिमिरेले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

अन्य समाचारहरु