भागवन्डा नमिल्दाँ अर्घाखाँची महोत्सव स्ठगित

(प्रकासित मिती: २०७६ पौष १३, आइतवार)

Image result for अर्घाखाँची महोत्सव ARGHAKHANCHI.COM
मुक्तिनाथ भुसाल
चुत्रावेशी,  अर्घाखाँची । अर्घाखाँचीमा चेम्बर अफ कमर्सले गर्ने भनिएको महोत्सव नहुने भएको छ । उद्योग बाणिज्य संघ र चेम्बर अफ कर्मर्शबिच भागबन्डा नमिल्दा यस वर्ष महोत्सव नहुने भएको हो ।
 महोत्सव नहुने भएपछि सन्धिखर्क चुत्रावेशीमा रहेका अधिकांश व्यापारी देखी ग्रामिण क्षेत्रमा खुशियाली छाएको छ । उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतका संघसंस्थाको सन्धिखर्क नगरपालिकामा बसेको बैठकमा यस वर्ष महोत्सव गर्ने विषयमा सहमती जुट्न नसक्दा महोत्सवका नाममा मालामाल बन्न महिना दीन अगाडी देखी रणनीती वनाउँदै पलस माईनस जोडेकाहरुलाई  निराश बनाएको छ । महोत्सव कहिल्यै पनि सन्चालन गरिनु हुदैन भन्ने हाम्रो आशय कदापी होईन तर जिल्लाको पहिचान हुने गरि जिल्लाभीत्रको व्यापार, उत्पादन, कला, संस्कृर्तीलाई उच्च प्राथमिक्तामा राखी राखी आयव्यय घाम जत्तिकैई छर्लङ्ग पार्दै इमान्दारीताका साथ विकास निर्माणमा लगाउनु पर्दछ । 
महोत्सव सन्चालन गरिदाँ विकृत्ति भित्रयाउने खालका कुनैपनि क्रियाकलाप नराखी जिल्ला भित्रको पैसा जिल्ला भित्रैवाट अधिकत्म उपभोग गराउने तर्फ ध्यान दिनुपर्ने भएपनि हालसम्म सन्चालन गरिएका महोत्सवहरु जिल्लावासीको हितमा नभई व्यक्तिगत स्वार्थमा केन्द्रित भएको जनगुनाशाहरु बग्रेल्ती रहेका छन् । 
महोत्सव सफल बनाउन अहोरात्र खटिने देखी कतिपयले दुख गरेवापतको पाउनुपर्ने रकम समेत पाउँन सकेका छैनन् । सन्चालन गरिएका महोत्सवमा जिल्लाको माटो सुहाँउदो खेलहरु हुनुको साटो जसरी भएपनि सर्वसाधरणवाट पैसा झार्ने सोचका साथ  विभिन्न तडकभडकलाई प्राथमिक्तामा राखिएको कारण ग्रामिण क्षेत्रमा यसको प्रतिकुल असर परेको बुझिन्छ । दैनिक महोत्सवमा आउन र महोत्सवमा देखेका बस्तुहरु घरपरिवाट उपभोग गर्न बन्चित बनेका कतिपयहरुले आत्महत्या समेत गरेको सुस्म विस्लेषणले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कुल ४२ जनाले जिल्लामा आत्महत्या गरेका छन् । 
जसमा महिला १८, पुरुष २२, बालक १ र बालिका १ जना रहेका छन् । यसैगरी चालु आर्थीक वर्षमा ८ महिला, ९ पुरुष र ३ बालिका सहित कुल २० जनाले आत्महत्या गरिसकेका छन् । यसरी आत्महत्या बढनुमा हालसम्म सन्चालन भएका महोत्सवहरुको समेत थप प्रभाव रहेको तर्फ सम्वन्धीत सरोकारवालाहरुको दृष्टि जानु आवस्यक देखिन्छ । 
हुनेखाने तथा उच्च शक्तिमा रहेकाहरुलाई नगद भेटी र बजारका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधीहरुलाई निशुल्क पास दिएपछि सजिलेरी रकम कुम्ल्याउन सकिन्छ भन्ने मान्यतामा परिचालित भएका ठेकेदारहरुलाई बाईपास गरि एउटा राष्टभक्ति टिम बनाएर खुल्ला प्रतिस्पर्धामा ठेकेदार चयन गरि महोत्सव सन्चालन गरियो भने मात्रै आत्महत्याका घटनाहरु न्यूनिकरण हुनुको अलवा अर्घाखाँची जस्तो पहाडी जिल्लामा महोत्सवको औचित्य रहने तर्फ सचेत तप्काहरुको ध्यान पुग्नु यतिवेलाको आवस्यक्ता हो ।

अन्य समाचारहरु