सन्धिखर्कमा उधमीहरुको समस्या र समधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा उद्यमीहरुको समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ ।  कार्यक्रमको प्रमुख अतिथी तथा प्रदेश सभासद निर्मला क्षेत्रीले स्थानीय उत्पादनलाई सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।  घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख केशब सुनारको अध्यक्षता, तथ्याङ्क सहायक  हुम ब विकको सञ्चालन र लक्ष्मी प्रसाद दाहालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्ला स्थीत स्थानिय प्रमुख एवं प्रतिनिधी, सार्वजनिक निकायका प्रमुख, उधमी लगायतको उपस्थिति रहेको   छ । 

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा उधमीहरुको समस्या र समधान विषयक अन्तरक्रिया कार्यक्रम घरेलु तथा साना उधोग विकास समिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद तथा नेपाली कांग्रेस संसदीय दल प्रदेश– ५ की सचेतक निर्मला क्षेत्रीले उधमीका लागी बजेट धेरै छुटाए पनि त्यसको सही सदुपयोग नभएको बताएकी छिन ।पछिल्लो समय सिपमुलक तालिममा धेरै व्यक्तीहरु समावेश हुने तर सिकेको सिप लाई सदुपयोग नगर्ने भत्ता प्राप्तमुखी केही कार्यक्रम भएकाले यस तर्फ ध्यान दिने समय आएको उनको भनाइ छ । अर्केा तर्फ स्थानीय स्तरमा बहुमुल्य स्थानीय खानाका परीकार भएता पनि यसको संमरक्षणमा नहुदा धरासयमा पुगेको बताउदै स्थानीय स्तरका उत्पादीत बस्तु लाइ अब पहिलो प्राथामिक घरेलु उत्पादनमा जोड दिने बताइन ।
कार्यक्रममा भुमेकास्थानका नगरप्रमुख रेशम थापा,मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल ,सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर क्ुमार विक (किशोर) मालारानी गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्री,प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल,प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट ,नेकपाकी छमकुमारी चिनारी,नेपाली कागे्रसका सचिव विष्णु भुसाल, जनमोर्चाका सचिबालय सदस्य गोविन्द वि.सी ,विवेकशिल पार्टीका हरी भुसाल, समाजवादी पार्टीका जेवी दर्लामी ,उधोग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ चेम्बर अफ कर्मशका अध्यक्ष अशोक कुमार श्रेष्ठ , पत्रकार महासंघका अध्यक्ष हिम जिसी (लेकाली) लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अर्घाखाँचीका सम्पुर्ण उधमीहरुको तर्फ बाट प्रतिनीधीहरुको सहभागीता रहेको थियो ।उधमीले आफ्ना भनाइ राखेका थिए ।उनीहरुले पछिल्लो समय सरकारले साना उधमी लाइ पनि धेरै भ्याट लगाउदा उधमीहरु धरासयमा भएको बताउदै,उधमी लाइ अनुदानमा आउने सामाग्री वितरणमा नातावाद भएको भन्दै खास उधमीले नपाएको गुनासो राखेका हुन ।जिल्लामा धेरै वर्षको अन्तरालमा यस्तो कार्यक्रममा भएकाले यस्ता कार्यक्रम आगामीदिन राख्न आग्रह गदै आफ्ना गुनासा सम्बन्धीत निकायमा पुग्ने भएकाले यस तर्फ ध्यान आकर्षण गराएका थिए । कार्यक्रम घरेलु उधोग अर्घाखाँचीका कर्मचारी केशव सुनारको अध्यक्षता हुम बहादुर विकको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु