गणेश खनाल
पोखराथोक, अर्घाखाँची । नेकपा स्थायी समिती सदस्य तथा प्रतिनिधी सभा सदस्य टोपबहादुर रायमाझीले अर्घाखाँचीको विकासमा काफिमात्रमा काम भईरहेको बताउनुभएको छ ।
पछिल्लो १० वर्षको विकास त्यस भन्दा अगाडीको विकासको तुलना गर्दा पनि जिल्ला विकासमा महत्वपुर्ण काम भईरहेको रायमाझीको भनाई रहेको छ । पाणिनी गाउँपालीका २ पोखराथोक निवासी नेकपा गाउँपालीका सदस्य निमबहादुर रास्कोटीको जिवन संगिनि कमलाको निधनको ११ दिनमा आयोजित कार्यक्रममा बोल्दै रायमाझीले रास्कोटीको निधन अर्घाखाँचीको पार्टीलाई ठुलो क्षती पुगेको बताउनुभयो ।
पुर्वउपप्रधानमन्त्रि समेत रहनुभएका रायमाझीले पछिल्लो पटक पनि अर्वाैको रकमका योजना ल्याईएको बताउदै पाणिनीको पाणिनी पर्यटन गुरुयोजना बनाई तथा सडकहरु पिच गर्ने गरि काम भईरहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरेले प्रदेश सरकारले विकास योजनाहरु उल्लेखिनिय ल्याएको भन्दै सहि तरिकाले काम गनुपर्नेमा जोड दिनुभयो । अर्घाखाँचीको विकासमा सासदहरुको तर्फबाट योजनामा कुनै कमि हुन नदिने बताउनुभयो ।
कार्यक्रममा नेकपा जिल्ला कार्यालय सदस्य जिवनारायण कोईराला,जिल्ला कमिटी सदस्यहरु जिवलाल घिमिरे,पालीका अध्यक्ष कलम घिमिरे,खगराज प्रोखरेल,चन्द्रकान्त प्रोखरेल,उमानाथ पौडेल,युवराज ज्ञवाली,,वाडअध्यक्षहरु गुणखर अधिकारी,मिनराज आत्रय,माधव गौतम,कृष्णप्रसाद घिमिरे,विष्णुप्रसाद घिमिरे,सान्तराम गौतम,गोकण गौतम,सुन्दर गौतम लगाएतको उपस्थिती रहेको थियो ।