अनेरास्ववियूकाे एकता टुंगियो अर्घाखाँचीबाट प्रदिप नेपाली सहित २ जना केन्द्रीय सदस्य

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  सत्तारुढ दल नेकपा निकट विद्यार्थी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय सदस्यमा अर्घाखाँची जिल्लाबाट २ जना पुगेका छन् । 
अनेरास्ववियूले केन्द्रीय कमिटीको एकता टुंग्याएको छ। शुक्रबार बसेको बैठकले ३३५ सदस्यीय केन्द्रीय कमिटी रहने गरी टुंग्याएको हो। जसमा साविक अनेरास्ववियुबाट १८० र अनेरास्ववियू (क्रान्तिकारी)बाट १५५ सदस्य रहने गरी केन्द्रीय कमिटी टुंग्याएको हो।
 
यस्तै अर्घाखाँची जिल्लावाट पूर्व अनेरास्ववियुवाट जुझारु ,लगनशील ,  क्रियाशिल , लोकप्रिय विधार्थि नेता प्रदिप नेपाली , भरत न्याैपाने र क्रान्तिकारीवाट राजेन्द्र आचार्य पर्नु भएकाे छ ।

अन्य समाचारहरु