अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीलाई विदाई

 हिम बहादुर जिसी   लेकाली 
सन्धिखर्क, अर्घाखाँची पुष २० । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको आयोजनामा अर्घाखाँची अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारीलाई बिदाई गरिएको छ । सोही कार्यक्रममा रामबाण गणका क्याप्टेन फत्ते बहादुर क्याछाकी मगर, अर्घाखाँची अस्पतालका मेडिकल अधिकृत डा. कपिल गौतम र डा.जगदीश शर्मा लाई स्वागत गरिएको छ ।
डा.तिवारि लाई मायाको चिनो खादा, माला र सम्मान पत्र सहित बिदा गरिएको थियो । नव आगन्तुक राष्ट्र सेवकहरूलाई खादा र टीका प्रदान गरिएको थियो ।
बिदाई तथा स्वागत कार्यक्रममा मन्तव्य राख्दै कर्मचारी मिलन केन्द्रका संरक्षक प्रमुख जिल्ला अधिकारि बिजयराज पौडेलले डा. तिवारीले ६ बर्ष सम्म अर्घाखाँचीको स्वास्थ्य क्षेत्रमा रहि पुर्‍याउनु भएको स्वास्थ्य सेवाको उच्च प्रशंसा गर्दै सुन्दर भविष्यको कामना व्यक्त गरे । उनले नव आगन्तुक हरूलाई सफल कार्यकालको सुभेच्छा समेत प्रकट गरे । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले शुभकामना मन्तव्य राखेका थिए ।
कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा विशेष नापी कार्यालय प्रमुख खिम बहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला न्यायाधिवक्ता हरि प्रसाद घिमिरेको स्वागत र कर्मचारी मिलन केन्द्रका सहसचिव शिला पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु