अर्घाखाँचीमा नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले पुर्णता पायो (नामावली सहित)

प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अर्घाखाँचीले पुर्णता पाएको छ । 
सन्धिखर्क स्थित नेकपा कार्यालय मदन आश्रीत स्मृती भवन सन्धिखर्कमा भएको पत्रकार सम्मेलनमा सो बारे जानकारी गराईएको हो । युवा संघले पत्रकार सम्मेलन गरि ६१ सदस्यिय जिल्ला कमिटी, नगर कमिटी इन्चार्ज, सह इन्चार्ज, संयोजक र सहसंयोजकको नामावली सार्वजनिक गरेको छ । 
जिल्ला संयोजक गोविन्द प्रसाद आचार्य र सह–संयोजक प्रकाश खनालको नाम केन्द्र बाटै तोकिएको थियो भने अन्य पदाधिकारीको जिल्लाबाटै टुङ्गो लगाईएको हो ।
नेपाल कम्यूनिस्ट पार्टी (एमाले)  नेपाल कम्यूनिस्ट पार्टी नेकपा

अन्य समाचारहरु