अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । स्थानिय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता सम्बन्धी २ दिने कार्यशाला गोष्ठी कार्यक्रम मालारानी गाउँपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले मालारानी गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, पोषण र खानेपानी क्षेत्रमा समृद्ध बनाउने कार्य योजना तथा प्रतिबद्धता तयार भइसकेको बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष शोभाखर भुसाल नरेन्द्र कुमार बस्नेत, बिष्णु प्रसाद पोखरेल, विष्णु प्रसाद भुसाल बिनोद, वडा अध्यक्ष गायतको कार्यक्रममा सहभागीता रहेको थियो ।उक्त कार्यक्रममा सरसस्वता पाण्डेले कार्ययोजनामाथी प्रस्तुती दिनुभएको थियो ।
सहजीकरण लुम्बिनी सामाजिक विकास केन्द्रले सहजीकरण गरेको कार्यक्रम स्वास्थ्य शाखा प्रमुख भविश्वर खनालको सञ्चालनमा सम्पन्न भएको हो ।