अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । जनपत्रकार संगठन नेपाल,अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा मानव अधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं वर्तमान अवस्था र राष्ट्रियता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाए ।उनिहरुले प्रेस संकुचित हुनेगरी कुनै पनि नीति नियम र कानुन नबनाउन राज्यको ध्यानाकर्षण गराए । बक्ताहरुले शान्ति ,स्थिरता,राष्ट्रियता,बिकास र समृद्धिको लागि सबै पक्ष बीच एकताको बिकल्प नभएको बताए ।
साथै उनिहरुले मुलुकमा मुडभेटको अबस्था सिर्जना हुन लागेको प्रती चिन्ता प्रकट गर्दै तत्काल बार्ताको माध्यम बाट निकास निकाल्न सरकार र बिद्रोही नेपाल कम्युनिस्ट पार्टी लाई आग्रह गरे ।
जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे , महासचिव हेम बिष्ट ,नेपाली कांग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारी ,राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार जिबनारायण कोईराला ,नेपाल वारएशोसिएसनका निबर्तमान जिल्ला अध्यक्ष केबी भुसाल ,पत्रकार महांघका जिल्ला अध्यक्ष हिमबहादुर जि.सी. लेकाली,मानवअधिकार तथा शान्ति समाजका जिल्ला सभापति असोक पौडेल ,पत्रकार महासंघका प्रदेश सदस्य शोभाखर पन्थी लगायतका बक्ताहरुले मन्तव्य राख्नुभएको कार्यक्रममा राजनीतिक दल,पत्रकार ,मानवअधिकारकर्मी ,कानुन ब्यबसायी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागीता रहेको थियो । कार्यक्रम जनपत्रकार संगठनका जिल्ला अध्यक्ष अनिल नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।