ढाकावाङमा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघको प्रशिक्षण भेला सम्पन्न ( तस्बिर सहित)

माधव खनाल 
ढाकावाङ, अर्घाखाँची पौष २३   राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले पितृसत्तात्मक सोच हावी हुनाले देशमा महिलाहरु पिडित भएको बताउनुभएको छ  । 
बुधबार राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ भुमिकास्थान नगरपालिका वडा न १ ढाकावाङको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै थापाले उक्तकुरा बताउनु भएको हो साथै थापाले देशमा हुनेगरेका   परिवर्तनकारि आन्दोलनहरुमा महिला दिदीबहिनीको उल्लेखनीय सहभागिता को कारणले गर्दा नै देशमा आमूल परिवर्तन आएको प्रष्ट पार्नुभयो एक फरक प्रसङ्गमा नेपाल कम्युनिस्ट पार्टिलाइ व्यंग्य गर्दै थापाले दुई तिहाईको सरकार भनेर देसको हित बिपरित काम गर्ने सरकारलाई पो भन्दा रहेछन् भनेर भन्नुभएको थियो  ।
साथै प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल महिला संघकि जिल्ला सचीव कल्पना पोख्रेलले आफ्नो अधिकार प्राप्त गर्नको लागि पितृसत्तात्मक सोचलाई तोड्नु नै आजको मुख्य उधेश्य भएको कुरा बताउनु भएको थियो  ।
कार्यक्रमा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनाल अखिल नेपाल शिक्षक संघका हिमलाल खनाल अखिल नेपाल महिला संघकि मिना बिशी भुमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनाल लगायतले प्रशिक्षात्मक मुलक  मन्तव्य राख्नुभएको थियो  ।
 कार्यक्रम अखिल नेपाल महिला संघकि वडाअध्यक्ष खुमा बेल्बासेको अध्यक्षता सचीव सान्ता खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु