अर्घाखाँची र बुटवलका युवाहरुबाट रोजगारीका लागि विदेश पठाइदिने भन्दै लाखौं रुपैया उठाएर दाङका एक जना दलाल फरार

( प्रकासित मिती: २०७६ पौष २३, बुधवार)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । वैदशिक रोजगारीका लागि भन्दै अर्घाखाँचीका युवाहरुसँग लाखौं रुपैया उठाएर  दाङका एक जना दलाल फरार भएका छन् । 
रोजगारीका लागि माल्टा लैजाने भन्दै अर्घाखाँचीका ४ जना र बुटवलका १ जना गरी ५ जनाबाट ८ लाख ३० हजार लिएर दाङ जिल्लाको लमही नगरपालिका वार्ड नम्बर १ नार्तीका कृष्ण बहादुर विक भन्ने व्यक्ति फरार भएका हुन् । 
अर्घाखाँची जिल्लाका बन्धु नेपालीबाट १ लाख ५५ हजार, प्रकाश ढुंगानाबाट  १ लाख ५५ हजार,  दीपेन्द्र नेपाली १ लाख ५५ हजार, स्नेहा  गहत्रज बाट १ लाख ५५ हजार र बुटवलका जीवन रजालीबाट १ लाख पाँच हजार गरी कुल ५ जनाबाट ८ लाख ३० हजार लिएर दलाल संपर्क बिहिन भएको पीडित बुटवलका जीवनले अर्घाखाँचीडट्कमलाई बताए । 
दलालले माल्टाको आडेन्टेटी माल्टा भन्ने कम्पनीका लागि पठाउन भन्दै नकल्ली कागज देखाई ति युवाहरुबाट बिभिन्न मितीमा उक्त रकम लिएको थियो । दलालले अहिलेसम्म एम्बेस्सीमा भिसा नै एप्प्लाई गराएका छैनन् ।  दलाल कृष्णको ९८६६३२८८२८ नम्बरमा फोन लाग्दैन ।  पीडितसँग  माल्टाको आडेन्टेटी माल्टा भन्ने कम्पनीको नकल्ली कागज बाहेक अरु केही छैन् ।  
साथै पीडित युवाहरु उसको घरमा गएता पनि दलाल फेला नपरेको पीडितहरुले बताए । पीडितहरुले आफुले दिएको पैसा फिर्ता नपाएको भन्दै दलाल विरुद्द उजुरी गर्ने बताएका छन् । 

अन्य समाचारहरु