अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । मानव अधिकार तथा शान्ति समाज अर्घाखाँची शाखाले सरकारलाई ज्ञापनपत्र पत्र बुझाएकाे छ ।
भारतले केही महिना अगाडि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमान आँच आउने काम गरेको भन्दै समाजले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्री लाई ध्यानकर्षण गराएको छ ।
नयाँ राजनीतिनक्सा तुरुन्त सच्याउनुपर्छ भन्दै शान्ति समाजले ध्यानाकर्षण पत्र बुझाएको छ ।
साथै यस संवेदनशील विषयमा नेपाल सरकारले कुटनीतिक र राजनीतिक तवरमा गरेको पहल सहितको सम्पूर्ण विवरण समावेश गरी श्वेतपत्र जारी गर्न प्रधानमन्त्रीलाई आग्रह सहितको ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले आजनै प्रधानमन्त्री कार्यलयमा पठाउने बताउनु भएको छ ।
उक्त पत्र बुझाउन मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति अशोक पौडेल समाजका जिल्ला प्रतिनिधि तथा पत्रकार महासङ प्रदेश सदस्य प्रेमनारायण आचार्य पत्रकार महासङ काेषाध्यक्ष बिनोद गैरे शान्ति समाजका सदस्य हरु कृष्ण परियार लक्ष्मण घिमिरे सुरज रायमाझी बिष्णु खनाल लगाएत को टोलि गएको थियो ।