माधव पौडेल
सन्धिखर्क, अर्घाखाँची पुस २३ । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिम स्थित दुर्गाफाटमामा वृहत निःशुल्क आँखा शिविरबाट तिन सय बढीले सेवा लिएका छन ।
दुई दिन सम्म चलेको शिविर मा तिन सय अठार जना लाभान्वित भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम ले जानकारी दिनु भएको छ।जस मध्ये २२ जनाको आखाको अप्रेसनसमेत सफलता पुर्वक सम्पन्न गरि सबैजनालाइ निसुल्क चस्मा वितरण गरिएको थियो ।
आखा जस्तो संबेदन शिल चिजको गाउँमै आएर सेवा प्रदान गरेकोमा स्थानीय बासीहरुले आयोजक र स्थानीय सरकारका् प्रसंसा गरेका थिय ।शिविरमा साविका पणेना खिदिम पोखराथोक मैदान निगाली पटौटी अड्गुरी लगाएतका स्थान बाट सेवा लिन आएका थिए ।