अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेशी, अर्घाखाँची । अर्घाखाँची दुग्ध उत्पादन तथा बिक्री वितरण सहकारी सस्था लिमिटेड सन्धिखर्कको चौथो बार्षिक साधारण सभा चुत्राबेसीमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्धाटन गर्दै सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिकले उत्पादनमुखी व्यबसायमा लाग्न सबै कृषकहरुलाइ आग्रह गर्नु भएको छ । उँहाले नगरपालिकाले उत्पादनमा आधारित अनुदानको ब्यबस्था नगरपालिकाले गर्न शुरु गरेको बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष मोतीजंग रायमाझि, ८ का वडा अध्यक्ष ईश्वरी प्रसाद भुसाल, १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली, पशु सेवा कार्यलयका विष्णु पौडेल, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला कोषाध्यक्ष विनोद गैरे, डेरी एसोसिएसनका अध्यक्ष कृष्ण केसी, लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष चन्द्र प्रसाद बन्जाडेको अध्यक्षता र सचिव कुशल भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।