प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सिलसिला बहुदेश्यीय सहकारी सस्था लिमिटेड सन्धिखर्क अर्घाखाँचीको १५ औ साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्धाटन गर्दै प्रदेश सदस्य रामजी प्रसाद घिमिरेले सहकारीको माध्यमबाट मात्र आर्थिक समृद्धि हुने भएकाले प्रदेश सरकार योजनाका साथ अगाडी बढेको बताउनु भयो । उँहाले अबको उत्पादन सहकारीमुखी हुनु पर्ने बताउनु भयो । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उत्पादनमुखी कार्यमा लगानी गर्न सहकारीहरु लाग्नु पर्ने बताउनु भयो । उत्पादनमुखी कार्यमा सहकारीलाइ सहयोग गर्न नगरपालिका सधै लागेको उहाको भनाई छ ।

कार्यक्रममा नेपाल सरकारका उपसचिव लिल बहादुर राउत, सन्धिखर्क १२ का वडा अध्यक्ष नारायण खड्का,साथी सहकारीका अध्यक्ष धर्मराज भुसाल,बार एशोसियन कार्यबाहक अध्यक्ष विजय खत्री,पाणिनी क्याम्पसका प्रमुख बाबुराम शर्मा वडा सदस्य लक्ष्मण पराजुली,शेयर सदस्य तर्फ बाट कृष्ण प्रसाद खनाल लगायतले मन्तव्य राख्नु भएको थियो ।सस्थाका अध्यक्ष माधबराज चुँदालीले वार्षिक प्रगती तथा आगामी कार्य योजनाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभाले माधबराज चुदालीको अध्यक्षतामा निर्बिरोध रुपमा नँया कार्य समितिको चयन गरेको छ । जस्को उपाध्यक्ष प्रकाश भुसाल, सचिव गंगाराम भुसाल, कोषाअध्यक्ष ओम प्रकाश पान्डे रहेका छन ।
जस्को सदस्यमा सुमित्रा मुखिया,मिना पन्थी, बल बहादुर बिसि, अशोक श्रेष्ठ , सुरज रायमाझी , लिलाधर बस्याल, कमला भन्डारी खनाल ,कृष्ण खनाल, पिताम्बर भुसाल, तारा घिमिरे ,बिष्णु आचार्य र शुसिला गैरे रहेका छन । उद्धाटन समरोह सचिव गंगाराम भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।